एजेन्सी । बलिउडका दुई नायकका छोरा छोरी एकैपटक एउटै फिल्मबाट डेब्यु गर्दैछन् । फिल्म ‘हिरो’मार्फत आदित्य पन्चोलीका छोरा सुरज पन्चोली र अभिनेता सुनिल शेट्टीका छोरी अतिया शेट्टी बलिउडमा डेब्यू गर्न लागेका हुन् ।फिल्ममा अतियाको फस्र्टलुक समेत रिलिज गरिएको छ । यस फिल्मलाई अभिनेता सलमान खान र सुभाष घईले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि अभिनेता शत्रुधन सिन्हाका छोरी सोनाक्षी सिन्हालाई बलिउडमा ब्रेक दिएका सलमान खानले नै यसपटक सुरज पन्चोली र अतिया शेट्टीलाई पनि ब्रेक दिएका हुन् । हिरोलाई निखिल आडवाणीले निर्देशन गरेका छन् ।आफ्नो फिल्म ‘बजरंगी भाईजान’ को रिलिजपछि सलमान ‘हिरो’ को प्रमोशनमा जुट्ने भएका छन् । बजरंगी भाईजान’ यही आउँदो शुक्रबार रिलिज हुँदैछ । सलमान फिल्म ‘हिरो’बाट पनि उत्साहित छन् । यो फिल्म ४ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment