Sunday, July 12, 2015

ज्योतिले फेरि देखाइन्


काठमाडौं । ज्योति मगर उनी आफैंले रोजेको क्षेत्रको हिसाबले लोक गायिका हुन् । तर उनको हर्कत कुनै फिल्मी कलाकारको भन्दा कम हुँदैन । त्यसो त होची कदकी मंगोलियन अनुहारकी ज्योतिलाई अनुहार र शरीरले साथ पनि दिएको छ । त्यसैले उनी आफ्ना गीतका म्यूजिक भिडियोहरुमा आफैं देखा पर्ने गर्छिन् ।


कहिले काहीं विभिन्न अनलाइनहरुलाई हट फोटो शुट पनि गराउँछिन् । ज्योतिको परिचय यतिमा मात्र सीमित राखियो भने अपूर्ण हुन सक्छ । सधैं आफूलाई हट देखाउँन रुचाउँने ज्योतिलाई आरोप लाग्ने गरेको छ कि जब उनले कुनै मौका पाउँछिन् तब उनी खुलिहाल्छिन् । विभिन्न बहानामा उनी आफ्नो वैंश सार्वजनिक रुपमै पोखिदिइहाल्छिन् । उनको यो हर्कतले दुबईमा केही महिना अगाडि कार्यक्रमस्थलमै उनीमाथि एक दर्शक जाइलाग्न खोज्दा आयोजकले प्रहरी गुहार्नुपरेको थियो । टेलिभिजन कार्यक्रममा अन्तवार्ता दिन जाँदा आवश्यकता भन्दा बढी खुल्लो चोली लगाइदिदा दुईपटक उनको कार्यक्रम प्रसारणमै रोक लगाउँनुपरेको थियो । सम्भवतः ड्रेसका कारण टिभी कार्यक्रम प्रसारणमै प्रतिबन्ध लागेको यो पहिलो घटना हुनसक्छ । उनै ज्योति मगरले असार सकिनै लाग्दा फेरि असारे रोपाइँ थिममा फोटो शुट गराएकी छिन् ।  मौका मिल्ने बित्तिकै खोलेर देखाइहाल्ने ज्योतिले यसपटक पनि किन मौका खेर फाल्थी र ? त्यसैले एक अनलाइनका लागि खिचाएको यसपटकको फोटोमा पनि उनी निकै हट र खुल्ला देखिएकी छिन् ।

0 comments:

Post a Comment