Thursday, July 9, 2015

अनौठो जिउ भएका मानिसहरु (फोटोकथा)


दुनियामा सबै मानिस एकनासका छैनन् । हुनत जुम्ल्याहाको जिउ पनि एकनासको हुँदैन र केही भिन्नता अवश्य हुन्छ । यो प्रकृतिको नियम हो । तर दुनियामा केही मानिस यस्ता हुन्छन् जसको जिउ निकै नै असामान्य हुन्छ । कतिलाई जन्मजात त कतिलाई पछि लाग्ने विभिन्न रोगका कारण पनि यस्तो भएको हुन्छ । यहाँ त्यस्तै अनौठो जिउ भएका मानिसको फोटोकथा प्रस्तुत गरिएको छ-

१. पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया- यो रोगका कारण सामान्य हड्डीको ठाउँमा रेशादार हड्डी तन्तुको विकाश हुन्छ र जिउको कुनै भागमा कुरकुरे हड्डीले ठूलै डल्लो बन्दछ । खासगरी खप्पर, पेल्भिस, करङ लगायतका ठाउँमा यस्तो समस्या आउँछ । यो तस्वीर अनुहारको हड्डीमा पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया भएकी युवतीको हो ।

2. सर्पे जिब्रो- अमेरिकी किशोरी एडि्रन लिविस विश्वको सबैभन्दा लामो जिब्रो भएकी युवती हुन् । उनको जिब्ो ४ इन्च लामो छ । उनले आफ्नो जिब्रोले आँखासम्म छुन सक्छिन् । 

3. एम्ब्रास सिन्ड्रोम- सरीरमा असामान्य रुपमा रौँ पलाउने यो रोगबाट पीडित थाइ किशोरी सुपात्रा सासुफानको तस्वीर हो यो ।

0 comments:

Post a Comment