Monday, July 13, 2015

नेपाल आयरल्यान्डसँग ५३ रनमा अलआउट


काठमाडौं-विश्व ट्वान्टी २० छनाैट अन्तर्गत सोमबार नेपाल सहआयोजक आयरल्यान्डसँग नेपाल १४.३ अाेभरमा ५३ रनमा अल आउट भएको छ। टस हारेर ब्याटिङ गरेको नेपालका लागि सागर पुनले २० र पारस खड्काले १० रन बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। विनोद भण्डारी र शक्ति गौचन शून्यमा आउट भए। नेपालको स्कोर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो दोस्रो न्युन स्कोर हो। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कमस्कोर बनाउने कीर्तिामन नेदरल्यान्ड्सको नाममा छ। गतवर्ष नेदरल्यान्ड्स श्रीलंकाविरुद्ध ३९ रनमा अलआउट भएको थियो। दोस्रोमा केन्या थियो। अर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यमा नेपालले सोमबार सहआयोजक आयरल्यान्डसँग खेल्दैछ। लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्य पछयाइरहेको नेपालले छनोट प्रतियोगिताको तेस्रो खेलमा सोमबार उत्तरी आयरल्यान्डस्थित स्टोरमोन्ट बेलफास्टमा घरेलु टोलीको सामना गर्नेछ। आयरल्यान्ड प्रतियोगिताको बलियो टोली हो। दुई पटक ट्वान्टी–२० विश्वकप छनोटको उपाधि जितिसकेको आयरल्यान्ड घरेलु मैदानमा ह्याटि्रक गर्ने अभियानमा छ। आयरल्यान्डको टोलीमा काउन्टी क्रिकेट खेल्ने पाउल स्टिर्लिङ, एन्ड्रयु वालब्रिन र जर्ज डक्रेल जस्ता अनुभवी खेलाडी छन्। वैशाख १२ को विनासकारी भुकम्पले तयारी प्रभावित हुँदा नेपालले भारतको हिमाञ्चल प्रदेशमा तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो। युरोपको मौसममा लय समाउन सघर्ष गरिरहेको नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। शनिबार नेपाल र नामिबियाबीचको दोस्रो खेल वर्षाले विथोल्था दुवै टोलीले १/१ अंक बाढे। अमेरिकाविरुद्धको खेलमा नेपालले बलियो मानिएको बलिङमा राम्रो गरेको थियो। १० ओभर सकिदा ७० रन बनाएको अमेरिकालाई नेपालले १ सय २१ रनमा अलआउट गरेको थियो। अनुभवी शक्ति गौचन र बसन्त रेग्मीले समान ३ तथा सोमपाल कामीले २ विकेट लिँदै नेपालको बलिङ क्षमता प्रमाणित गरेका थिए। तर नामिबियाविरुद्धको खेलमा भने सुरुमा नेपाली बलर कमजोर देखिएका थिए। पहिलो ओभरमै १० रन लिएको नामिबियाले वर्षाबाट खेल रोकिनुअघि ७.४ ओभरमा १ विकेटको नोक्सानीमा ६१ रन बनाएको थियो। नेपाली टोली युरोपको मौसममा सघर्ष गरिरहेको छ। प्रशिक्षक पुबुदु दासानायेकेका अनुसार युरोपका पिचमा खेल्न अप्ठयारो भए पनि नेपालले राम्रो खेल्न सघर्ष गरिरहेको छ। तर उपकप्तान ज्ञानेन्द्र मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अमेरिकाविरुद्ध करियरकै पहिलो अर्धसतक बनाएर टोलीलाई जीतको बाटोमा डोर्या्एका थिए। ज्ञानेन्द्र र राष्ट्रिय टोलीमा पुनरागमन गरेका अनिल मण्डलले अमेरिकाविरुद्ध दोस्रो विकेटका लागी ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। जुन नेपाली खेलाडीले ट्वान्टी–२० क्रिकेटमा गरेको सर्वाधिक रनको साझेदारी थियो। प्रशिक्षक दासानायकेले आयरल्यान्डमा नयाँ प्रयोग गरिरहेका छन। ओपनिङमा सागर पुनलाई निरन्तरता दिएका उनले सुवास खकुरेलको ठाउँमा भने अनिल मण्डललाई मैदानमा उतारेका थिए। सुवास नेपाली टोलीका विकेटकिपर पनि हुन। उनको अनुपस्थितीमा विनोद भण्डारीले विकेटकिपिङ गरेका थिए। नामिबियासँगको खेलमा.तिव्र गतिका बलर करण केसीको स्थानमा जितेन्द्र मुखियालाई टोलीमा समावेश गरिएको थियो। करणले अमेरिकाविरुद्ध दुई ओभरमा २७ रन खर्चेका थिए। समुह 'ए' मा रहेको नेपालले तीन अंक बटुलेको छ। नामिबियालाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको आयरल्यान्डले आइतबार अमेरिकालाई ४६ रनले हराएको थियो। नेपाल, जर्सी, नामिबिया, पपुवा न्युगिनी, अमेरिका र हङकङ भएको समुहमा आयरल्यान्ड सबैभन्दा बलियो टोली हो। प्रतियोगिताको दाबेदारीका रुपमा हेरिएको आयरयान्डले यसै वर्ष भएको एकदिवसीय विश्व कपमा जिम्बाब्बे र वेस्ट इन्डिजजस्ता अनुभवी टोलीलाई हराएको थियो। ट्वान्टी–२० छनोट क्रिकेटमा आयरल्यान्ड दुइ पटक च्याम्पियन भैसकेको छ। सन् २०१२ र २०१३ च्याम्पियन हुदै आयरल्यान्ड विश्व कपका लागी छानिएको थियो। नेपाल र आयरल्यान्डले आधिकारिक प्रतियोगितामा पहिलो पटक खेल्दैछन। बंगलादेशमा विश्व कप क्रिकेट खेल्नु अघि नेपाल र आयरल्यान्डले पहिलो पटक अभ्यास खेल खेलेका थिए। त्यसमा नेपाल ५ विकेटले पराजित भएको थियो। प्रशिक्षक पुबुदु आयरल्यान्डलाई प्रतियोगिताको सबैभन्दा बलियो टोली मान्छन। उनले भने, 'आयरल्यान्ड उत्कृष्ट टिम हो। हामी युरोपिनय पिचमा राम्रो खेल्न संघर्ष गरिरहेको छौं। पिचको अवस्थाले खेलमा प्रभाव पार्छ। हामीले सतप्रतिसत खेल्ने सकिरहेको छैनन। तर खेल्न कडा मेहनत गरिरहेका छन।' नेपालले अगामी खेलमा बुधबार हङकङसँग, शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ।

0 comments:

Post a Comment