अमेरिकाले नेपालकी अहिलेकी नम्बर एक नायिका केकी अधिकारीलाई पाँचवर्षे मल्टिपल भिसा दिएको छ । अमेरिकाका विभिन्न सहरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन १२ साउनमा उनी अमेरिका उड्ने बताइएको छ ।

पछिल्लो समय केकीका फिल्म आशातीत सफल हुन सकेका छैनन् । बरू अभिनय शैली दोहोरिएको भन्दै उनले आलोचना खेप्नुपरेको छ ।सोही कारण केकी स्थायी रूपमा अमेरिकामै बस्ने आशंका धेरैको छ । यद्यपि, केकीले दुई महिनापछि फर्कने भनाइ सार्वजनिक गरेकी छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment