Saturday, July 11, 2015

विषालु च्याउ खाँदा चार सिकिस्त


अर्घाखाँची २७ असार । विषालु च्याउ खाँदाधनचौर गाविसमा चार बालिका सिकिस्त बिरामी परेका छन् ।
जङ्गलबाट ल्याएको विषालु च्याउ शनिबार खाँदा धनचौर गाविस वडा नं १ निवासी आठ वर्षीया अस्मिता जिसी, छ वर्षीया युवा जिसी, आठ वर्षीया गीता जिसी र पाँच वर्षीया सुस्मिता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
सबै बालिकालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलको अञ्चल अस्पतालमा राति नै पठाइएको प्रहरीको भनाइ छ । रासस

0 comments:

Post a Comment