Saturday, July 11, 2015

दश केजी गाँजा बरामद


इनरुवा, २७ असार । भारततर्फ बिक्रीका लागि लगिएको १० केजी अवैध गाँजा शनिबार साँझ सुनसरी प्रहरीले बरामद गरेको छ । सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुरजब्दी नाका हुँदै भारतको विरपुरतर्फ झोलामा चार÷पाँच जनाको समूहले गाँजा लगिरहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार प्रहरीले जाँच गर्दा गाँजा लिएर भारतीय बजारतर्फ जाँदै गरेका मानिसको समूह झोला छाडी भागेको थियो ।

0 comments:

Post a Comment