Sunday, July 12, 2015

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीमाथि ढुंगा प्रहार


सर्बियाका प्रधानमन्त्री अलेक्जेन्डर भ्युसिकमाथि सार्वजनिक कार्यक्रममा शनिबार बोस्नियामा ढ्ंगा, बोत्तल र जुत्ताले हानेर आक्रमण गरिएको छ । आम नरसंहारको बीस वर्ष पुगेको संझनामा आयोजित स्मृति सभामा भाग लिन गएका अलेक्जेण्डर भ्युसिक माथि ढुंगा प्रहार भएको हो ।राजकुमारी एनी पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि विदेशी पाहुनका रुपमा त्यहाँ पुगेका थिए । उनीहरु बोस्नियाका दस हजार मानिससँगै  मृतकहरुलार्इ को श्रद्धाञ्जली दिन त्यहाँ पुगेका थिए । आक्रमणका क्रकमा प्रधानमन्त्री अलेक्जेन्डर भ्युसिकमाथि एउटा ढुंगाले लागेको छ । ढुंगाले लागेर उनको चश्मा फुटेको छ ।

0 comments:

Post a Comment