Sunday, July 12, 2015

मै हुँ २७ श्रीमतिको पोइ !


संखुवासभा । खाँदबारी र तुम्लिङटार बजार आसपासका क्षेत्रमा रामचन्द्र कटुवालले मजदुरी गर्न लागेको ५० बर्ष वित्यो । उम्मेरले साढे ६ दशक काटेका कटुवालले पहिलो घरजम १४ बर्षकै उम्मेरमा गरे । ‘मन पर्यो त्यो बेला के उम्मेर हेर्नु भगाएर लगेँ ?’ उनले भने ‘त्यसपछि  बर्षेनी विवाह गर्ने काम पात्र भयो ।’
संखुवासभा सदरमुकाम खाँदवारी निवास कुटुवालले जीवनमा २७ जना महिला आए । कतिपयसँग विवाह गरेको एक बर्ष नहुँदै सम्बन्ध बिच्छेद भयो भने कतिपय चार पाँच बर्ष पनि सँगै बसे । तर अहिले कुटवाल बिगत सम्झिन्छन् तर धेरै पूर्वपत्नीका अनुहार विर्सन्छन् । ‘मै हुँ १७ श्रीमतीको पोइ, तर अहिले सवैका अनुहार सम्झिन खोज्दा पनि सक्दिँन’ उनले भने ‘कतिपयसँग भेट हुँदा पनि चिन्न छाडिसके छु ।’
कटुवाल गाउमा मिजासिला ब्यक्तिका रुपमा परिचित छन् । उम्मेरले साढे ६ दशक नाघे पनि तरुनीले पत्याउन छाडेका छैनन् । ‘मेरो मिजासले होला अहिले पनि लहसिन आउँछन्’ रमाइलो पारामा भने ‘लहसिएर के गर्नु भित्र गुदी छैन ।’
झण्डै पाँच बर्षदेखि उनको विवाह गर्ने योजना छैन । घरमा कान्छी श्रीमति छन् । विवाहमा खर्च धेरै लागेका कारण जति भारी बोकेपनि जीवनमा प्रगति हुन नसकेको पछुतावा उनीमाथी छ । ‘२७ विवाह गर्दा लाखौ खर्च गरेँ, अहिले होस खुलेको छ’ उनले भने । कतिपयले आफ्नो मिजासका कारण विवाह गरे पनि कतिपयले भने मजदुरीबाट आर्जन भएको रकममा मोज गर्न मात्र विवाह गरेको उनले बताए । ‘अहिले सम्झिन्छु, सवै विवाह माया बसेर भएका रहेनछन् ।’
योगी योगेन्द्रको सहयोगमा ।

0 comments:

Post a Comment