Sunday, July 12, 2015

'९० हजार भिसा स्वीकृति लिएर व्यवसायीले म्यानपावर बन्द गरे'


भिसा लागेकाहरु विदेश जानबाट रोकिए

फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदार विदेश पठाउने निर्णय लागू हुनुअघि नै म्यानपावर कम्पनीहरुले ९० हजार भिसाका लागि पूर्व स्वीकृती लिइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

श्रममन्त्री टेकबहादुर गुरुङले म्यानपावर कम्पनीको आन्दोलनका कारण भिसा लागेकाहरु विदेश जानबाट रोकिएको बताए। म्यानपावर कम्पनीहरुले काम छाडेर आन्दोलनमा उत्रदा काम गर्न जाने कामदारलाई झन समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए।

म्यानपावर खोलेर भिसा लागेका कामदारलाई विदेश पठाउन उनले व्यवसायीसँग आग्रह गरे।  'असार २१ गतेबाट फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउनुअघि २० गतेसम्म ९० हजार भिसाका लागि पूर्वश्रम स्वीकृती म्यानपावर कम्पनीहरुले लिएका छन्', मन्त्री गुरुङले भने , ‘ती कामदार विदेश पठाउन पनि म्यानपावर खोल्नैपर्छ।'

२० गतेभन्दा अघिका निर्णयमा मन्त्रालयले कुनै हस्तक्षेप नगरेको उनले बताए। ९० हजार कामदारलाई विदेश पठाउन कम्तिमा पनि ६ देखि ९ महिनासम्म लाग्ने उनले बताए।

0 comments:

Post a Comment