अमेरिका र अफगानिस्तानमा चलेको लामो युद्धले अमेरिकालाई ठूलो क्षति भयो । यसमा झन्डै ७ हजार अमेरिकी सैनिकले ज्यान गुमाए । ठूलो धनराशी अमेरिकाले खर्च गर्नुप¥यो । ग्वान्टानामो किनारमा रहेको कस्कडी सेन्टरले अमेरिकाको आर्दश छवि बिर्गा¥यो । विकिलिक्स र एनएसएले सार्वजनिक गरेका स्क्यान्डलहरुले अमेरिकी नीतिलाई सस्तो बनायो । जर्ज डब्ल्यु बुसले दीर्घकालीन सोच नराखिकनै सैनिक संख्या बढाउँदा देखिएको अफ्टेरो स्थितिलाई सन् २००८ मा निर्वाचित भएर आएका बाराक ओबामाले समेत सुधार्न सकेनन् । त्यसैले ओबामा पनि आलोचनाको घेरामा छन् । एकोहोरो र कसैले भनेको नटेर्ने बुस तथा सबैले भनेको स्वीकार्ने ओबामाको बानीले अमेरिकालाई कुशल नेतृत्व दिन सकेन । त्यसकारण अहिले अमेरिकाले आफ्नो विश्वव्यापी पकड गुमाउँदै गएको छ । अहिले प्रत्येक सर्वेक्षणहरुले निरन्तर रुपमा अमेरिकाले आफ्नो प्रतिष्ठा र अन्तर्राष्ट्रिय प्रभाव गुमाउँदै गएको तथ्य सार्वजनिक गरेका छन् । अझै युवामा अमेरिकी डर मर्दै गएको छ । पिइडब्ल्युले गरेको एक सर्वेक्षणका अनुसार १८ देखी २९ वर्षका युवाहरुमध्ये केवल १५ प्रतिशतले मात्रै अमेरिका विश्वको महान् राष्ट्र भएको स्वीर्काछन् । सन् २०११ मा यही संस्थाले गरेको यस्तो सर्वेक्षणमा अमेरिकालाई महान् शक्ति मान्ने युवाको संख्या २७ प्रतिशत थियो । गिर्दो शानका बाबजुद अमेरिकामा सार्वजनिक रुपमा विरोध जनाउने भने कोही छैन ।
हुनतः अमेरिकामा अझै विश्वकै पहरेदार बन्ने भोक सवार छ । इस्लामिक स्टेटका नाममा नयाँ विद्रोही अघि सर्दा त्यसको नियन्त्रणका लागि अमेरिका पछि हटेको छैन् । अहिले आतंकवादविरुद्ध लड्नका लागि लाग्ने जनशक्ति र पैसाको हिसाब भने अमेरिकाले राख्न थालेको छ । अमेरिकी जनताहरु अन्य देशले पनि समान जिम्मेवारी लिनुपर्ने सोच्छन् । अमेरिकाको घट्दो शक्ति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चिन्तित रहेपनि राष्ट्रपति ओबामाले समेत यसको यथेस्ट निकास निकाल्न सकेका छैनन् । अमेरिकाले सैनिकलाई राम्ररी प्रयोग गर्न नसक्ने अमेरिकी इच्छाशक्तिको स्पष्ट संकेत इरानसँग गरिएको नयाँ आणविक सम्झौताले गरेकोे छ । अहिले भताभंूग अवस्थामा अघि बढीरहेको विश्वलाई नेतृत्व दिनसक्ने क्षमता अमेरिकासँग छैन । अमेरिका पछिल्लो समय सक्रिय हुन नसक्दा बाँकी विश्व आफ्नै शैलीबाट अघि बढीरहेको छ । यस शताब्दीमा वासिङटनसँग कसैलाई डर लागेको छैन् ।
प्रभावहिन ह्वाईट हाउस
ह्वाईट हाउसको रिसाईलाई आजकल विश्वका नेताहरु टेरपुच्छर लगाउँदैनन् । उनीहरु विश्वस्त छन्, अब ह्वाईट हाउससँग तर्सनुपर्ने कारण छैन् । सिरियाली राष्ट्रपति बसर अल असदले किन अमेरिकाको चुनौतीलाई टेरपुच्छर लगाएनन् ? आन्दोलनको आँधी–बेहरीका बाबजुद उनी कसरी अडिग रहे ? उनले हतियारले आन्दोलन मत्थर गर्न खोजिरहँदा अमेरिकाले के गर्न सक्यो ? भन्ने प्रश्न अमेरिकाको गिर्दो शक्तीको कारण हुनसक्छ । भ्यादिमिर पुटिले कसरी क्रिमियालाई रुसमा विलय गराए ? अमेरिकालाई नाङगो बनाउने कम्प्युटर प्रोग्रामर एनएसएका इडवार्ड स्नोडेनलाई कसरी पुटिनले सुरक्षित गन्तव्यका लागि प्रस्ताव गरे ।
ओबामा प्रशासनलाई चुनौती दिदैँ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कसरी रिपब्लिकनको कांग्रेसमा सहभागि हुन आइपुगे भन्ने तथ्यले अमेरिकाको घट्दो प्रभाव छर्लङग पार्छ । उनले रिपब्लिकनको कांग्रेसलाई इरानसँगको आणविक सम्झौताको विरोध गर्ने माध्यम बनाउँदा ह्वाईट हाउसले के गर्न सक्यो ? असदले अमेरिकी चुनौतिलाई वेवास्ता गरेको घटना अझै संझन योग्य हुनसक्छ । विद्रोहीको कब्जामा रहको डोउमालाई गत फेब्रुअरीमा सिरियाली सरकारले कठीन ढंगबाट कब्जामा लियो । आणविक हतियारले थुप्रै सर्वसाधारणको हत्या गर्दा ओबामाले बनाएको रेड लाईन सिरियाली सरकारले क्रस ग¥यो । तर खोइ के सजाँय मिल्यो ?
पछिल्ला ५० वर्षमा अमेरिका यसरी चुप रहनुपरेका कमै मात्र घटना छन् । तर खुला चुनौती दिएर पनि सिरियामा अमेरिकाले केही गर्न सकेन । जसले अमेरिकाको वैदेशिक नीती ओरालो लाग्दै गरेको संकेत दिएको छ । ओबामाकै समर्थकहरुले समेत यसलाई उनको रणनीतिक हार मानेका छन् ।
कमजोर हात
नयाँ सैनिक कारबाही सुरु गर्न इच्छा नदेखाउनुको प्रमाण अमेरिकाले इरानसँग गरेको आणविक सम्झौतालाई लिइएको छ । सम्झौतापछि इरानले थुप्रै सहुलियत पाएको छ । विश्वका नेताहरुको अमेरिकासँगको वर्षौदेखिको इगोलाई हटाउन ओबामाले बौद्धिक ढंगबाट काम गरेका छन् । तर उनको यो कदमले उल्टै अमेरिकालाई कमजोर बनाउँदै गएको छ । कुनै समय ह्वाईट हाउससँग तर्सने अमेरिकाका शत्रु राष्ट्र मात्रै होइन अमेरिकाकै मित्र राष्ट्र पनि अहिले ह्वाईट हाउसलाई चुनौती दिदैँछन् । भर्खरै मात्र एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैँकमा आबद्ध भएर बेलायत र अस्टे«लिया समेतले ओबामा प्रशासनलाई धोती लगाइदिएका छन् । अमेरिकाको नियन्त्रणमा रहेका ब्रिटोन उड्स, वल्र्ड बैँक र इन्टरनेशनल मोनिटोरी फन्डको गतिलो प्रतिस्पधीका रुपमा एआईआइएबीलाई स्थापित गर्ने बेइजिङको योजनामा बेलायत र अस्टे«लियाले समेत गतिलो साथ दिएका छन् ।
चीन, बेलायत र अस्टे«लियासँग सुधारिएको व्यापारिक तथा कुटनीतिक सम्बन्ध राख्ने खोज्ने अमेरिका प्रयास समेत गतिलो छैन किनकी ति राष्ट्रहरु अमेरिका विश्वकै प्रभूत्वकारी सैनिक शक्ति रहनेमा सशंकित छन् । उनीहरुलाई सधैँ अमेरिका विश्वको आर्थिक शक्ति रहन्छ भन्नेमा पनि शंका छ । अमेरिकी गठबन्धका अन्य राष्ट्रहरुले यसरी चीनसँग सम्बन्ध सुर्धादा विश्वसनियतामा कमी आएको महसुस गर्न सक्छन् । इरानसँगको सम्झौतापछि इजरायलले ओबामा प्रशासनसँग दूरी बढाएको छ । बेन्जामिन नेतान्याहू र बाराक ओबामाबीचको सम्बन्ध चिसिएको छ ।
इजरायलजस्तै साउदी अरेबिया पनि इरानसँगको सम्झौतापछि झस्किएको छ । रियादले अमेरिका अब लामो समय आफ्नो तेलमा आश्रीत नरहने बुझेको छ । दोस्रो विश्वयुद्धपछि दुई देशबीच पहिलो पटक यस्तो अवस्था सिर्जना भएको हो । सन् २०१२ मा ओबामाले कायरोलाई न मित्र न शत्रू भनेर व्याख्या गरेपछि इजिप्ट झस्किएको छ । लगत्तै विदेश मन्त्रालयले भाषा बदल्दै कायरोलाई नाटो बाहिरको मुख्य साथीका रुपमा चित्रण गरेको थियो । ओबामाले आफ्ना सधैँका शत्रु क्युवा र इरानसँग सम्बन्ध सुधार गर्नका लागि धेरै प्रयास गरेका छन् । उनले अमेरिका मध्यपूर्वमा सधैँ समर्थकका रुपमा नरहने संकेत गरेपछि साउदी पनि आफ्नै ढंगबाट अघि बढ्दैछ । साउदीले बरु अमेरिकाको सट्टा रसियासँग आफ्नो सम्बन्ध सुधार्दै लगेको छ । त्यस्तै इजिप्टले लिबियाका इस्लामिक स्टेटलाई लक्षित गर्दै गत फेब्रुअरीमा हवाई आक्रमण सुरु गरेको छ । यसरी मध्यपूर्वमा अमेरिकाको प्रभाव घट्दै गएको छ ।
ओबामाको पुर्खौली घर अफ्रिका तथा एशियामा नै अमेरिकाको प्रभाव घट्दो छ । सन् २०११ को तुलनामा अमेरिकाको पकड निकै कम रहेको सर्वेक्षणहरुले जनाएका छन् । हुदाँ–हुदाँ ओबामाको बाबुकै घर केन्यामा अमेरिकाको प्रभाव घटेको छ । ओबामालाई आफ्नै देशमा विपक्षी पार्टीको समर्थन प्राप्त नहुदाँ धेरै गाह्रो भएको छ । यसअघि रिपब्लिकनले ह्वाईट हाउसलाई नै तनाव दिने उद्धेश्यका साथ नेतान्याहूलाई बोलाएको थियो । अमेरिका पछिल्लो समय निकै कमजोर अवस्थामा भएपनि चीन, भारत, ब्राजिल, जर्मनी र रसिया समेत अमेरिकाका निकट प्रतिस्पर्धी भने मानिदैँनन् । त्यसैकारण धेरैले अझै २० वर्षसम्म अमेरिकाको दबदबा विश्वमा रहने अनुमान लगाएका छन् । यही २० वर्ष अमेरिकालाई आफ्नो वैदेशिक नीतिमा सन्तुलन राख्नुपर्ने चुनौती हुनेछ ।
बिबिसीबाट साभार
0 comments:
Post a Comment