Sunday, July 12, 2015

वार्तामा आउन म्यानपावर व्यवसायीलाई श्रम राज्यमन्त्रीको पत्र


काठमाडौं, असार २७
मन्त्रीले वार्तामा बोलाएका छैनन् :
फ्रि भिसा र टिकटमा नेपाली कामदार विदेश पठाउने सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीलाई वार्तामा आउन श्रम मन्त्रालयले आब्हान गरेको छ। आन्दोलनबाट समस्या समाधान नहुने भन्दै श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले पत्र नै पठाएर वार्ताका लागि आव्हान गरेका हुन् ।

म्यानपावर व्यवसायीलाई वार्ताका लागि आव्हान गरेको मन्त्री गुरुङले सेतोपाटीलाई जानकारी दिए । साथै उनले आन्दोलन छाडेर काममा फर्कन समेत व्यवसायीसँग आग्रह गरे।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने आफूहरुसामु वार्ताका लागि पत्र नआएको बताएको छ ।

महासंघका प्रथम उपाध्यक्ष कुमुद खनालले श्रम विमागले भने छलफलका लागि बोलाएको बताए । विभागले पत्र पठाएपनि त्यो अप्रष्ट भएको उनले बताए । 'सरकारले वार्ताका लागि बोलायो भन्नु भ्रमपूर्ण हो', उनले भने ।

मन्त्रालयले असार २१ गतेदेखि मलेसिया लगायतका खाडी मुलुकमा फ्रि भिसा र टिकटमा कामदार पठाउने निर्णयसँगै म्यानपावर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

0 comments:

Post a Comment