Saturday, July 11, 2015

पूर्वमन्त्री वस्नेतका छोराले आफुले आफैंलार्इ गोली हाने


काठमाडौंको रातोपुलस्थित बस्दै आएका पूर्वसहायक मन्त्री मुकुन्दबहादुर वस्नेतका छोरा मनिष बस्नेतले निधार गोली हानी आत्महत्या गरेका छन् । बिनाशकारी भूकम्पपछि मानसिक अवस्था कमजोर बन्दै गएको  मनिषको हेरचाह परिवारले गर्दै आएका थिए । बस्नेतले यसअघि पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक नाले बन्दुकले उनले आफ्नै कोठामा बसेर टाउकोमा गोली हानेका थिए । प्रहरी र स्थानीयबासीले उपचारका लागि ओम अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो ।

0 comments:

Post a Comment