Tuesday, July 28, 2015

नवलपरासीमा बस दुर्घटनामा १५ जना घाइते


नवलपरासी, साउन १२ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा मंगलबार  दिउँसो दुई वटा बस एक आपसमा जुध्दा १५ जना घाइते भएका छन् ।
विपरीत दिसाबाट आइरहेका लु १ ख ५९०० र लु १ ख ८६९३ नम्बरको बस एक आपसमा जुध्दा बसमा सवार १५ जना घाइते भएका हुन् । घाइतेहलाई उपचारका लागि स्थानीय मेडिकल र अस्पतालहरुमा लगिएको छ  । प्रहरीले घटनामा घाइतेहरुको अवस्था सामान्य रहेको जनाएको छ । 

0 comments:

Post a Comment