Saturday, July 11, 2015

आजको राशिफल




शुभप्रभात
आज वि.सं. २०७२ आषाढ २७ गते आइतबार तदनुसार ई. सं. २०१५ जुलाई १२ तारिख
अधिकआषाढ कृष्ण एकादशी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, शूल योग, तैतिल करण
आजको व्रत/पर्व : परमा एकादशी व्रत, त्रिपुष्कर योग, विहान ०९ बजेर ११ मिनेटदेखि दिनको ०२ बजेर २५ मिनेटसम्म
भोलिको व्रत/पर्व : सोमप्रदोष व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मन उत्ताउलो बन्न सक्छ, त्यसैले क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट सामान्यतया फाइदा नै हुनेछ । आज नयाँ कारोबार गर्नु बेस हुँदैन, ऋणसापटीमा गएको वा लगानी गरेको धनले राम्रो प्रतिफल दिनेछैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बाह्रौं घरमा चन्द्रमा भए पनि शरीरमा स्फूर्ति, उत्साह र उमंग देखिनेछ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् । अस्वस्थ रहेका वा अप्ठ्यारामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ । परोपकारमा चित्त जानसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । पेसा वा व्यवसायमा समय दिन नसक्नाले घाटा लाग्नसक्छ, अनि विपरीतलिङ्गी सहयात्री वा जीवनसाथीबाट प्राप्त सल्लाह नमान्दा एवं रमाइलोका लागि गरिएका काममा फाइदा छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । भाइबहिनी र छोराछोरीका समस्यामा केन्द्रित हुने दिन छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने छ । खानपानको समयमा बदलाव आउने छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । समय मध्यमखालको छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments:

Post a Comment