Saturday, July 11, 2015

वर्षाले रद्द खेलमा नेपालले नामिबियासँग अंक बाँड्यो


काठमाडौं— विश्व ट्वान्टी–२० छनोट क्रिकेट अन्तर्गत खेल वर्षाका कारण रद्द हुँदा नेपालले नामिबियासँग अंक बाँडेको छ। तेस्रो पटक अवरुद्ध भएपछि पनि पानी नरोकिएपछि खेललाई रद्द गर्दै दुवै टोलीलाई अंक दिइएको हो। 

यसअघि अायरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। वर्षाका कारण बलिङ सुरु नहुँदै खेल स्थगित हुन पुग्यो। झन्डै एक घन्टापछि सुरु भएको खेल ७ अाेभरमासम्म चल्यो।
त्यसको घन्टापछि सुरु भएको खेलमा नेपालका शक्ति गौचनले ४ बल फ्याँक्न भ्याए। उनले अाठौं ओभर पूरा गर्न नपाउँदै वर्षाले तेस्रो पटक खेल स्थगित भएको छ। पछिल्लो स्थितिमा नामिबिया ७.४ ओभरमा ६१ रन बनाएर खेलिरहेको छ। नामिबियाको एक विकेट पारस खड्काले ढालेका छन्।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली अमेरिकालाई जितेको साहसका साथ आयरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा उत्रिनेछ।
उपकप्तान ज्ञानेन्द्र मल्ल र स्पिनरको सहयोगमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपालको बलियो पक्ष कप्तान पारस खड्का रहेको आइसीसीको विश्लेषण छ। अन्तरार्ष्ट्रिय ट्वान्टी २० क्रिकेटमा उनको औसत रनरेट ३६.११ रहेको छ। अमेरिकासँगको खेलमा पारसको प्रदर्शन पुनः प्रभावशाली देखिएको थियो। शक्ति गौचनको अलराउन्ड प्रदर्शन एवं शरद भेषावकरको आक्रमक ब्याटिङ नामिबियाका लागि खतरा हुनेछन्। विनोद भण्डारी र अनिल मण्डलले पछिल्लो समयमा राम्रो फर्ममा खेलिरहेका छन्।

नेपालले अमेरिकालाई पराजित गरेर विश्व ट्वान्टी २० छनोटमा विजयी सुरुवात गरे पनि डिभिजन एकमा रहेको टोलीलाई दवाबमा राख्न ब्याटिङलाइन सुधार्नुपर्ने हुन्छ।

प्रतियोगितामा आयरल्यान्डसँग पराजित भइसकेको नामिबियाको बलियो पक्ष कप्तान निकलास स्लट्ज हुन्। अन्तरार्ष्ट्रिय ट्वान्टी २० क्रिकेटमा उनको औसत रनरेट ४१ छ।

ट्वान्टी २० मा पहिलो पटक नेपाल र नामिबिया आमने सामने हुन लागेका हुन्। केही महिना अघि भएको डिभिजन टुमा नेपालले उसकै मैदानमा नामिबियालाइ ३ विकेटले हराएको थियो। अफ्रिकी टोली नामिबिया सो प्रतियोगिताको विजेता बन्दै डिभिजन एकमा उक्लिएको थियो।

0 comments:

Post a Comment