काठमाडौँ, १२ साउन ।
गाडीमा गेयर आयल हाल्दा पाइने थोरै पैसा नदिएको रिसमा आफ्नै साथीको क्रुर हत्या गर्ने ३२ वर्षीय विज्ञान भनिने उमेशविक्रम विष्ट पक्राउ परेका छन् । मकवानपुर हटिया घर भइ काठमाडौँ बस्दै आएका विष्टले ३१ असारमा काठमाडौँ–१६ म्हैपीस्थित सागर अटोमोबाइल वर्कसपमा साथी दोलखा, माली–१ का २२ वर्षीय अशोक खड्काको हत्या गरेका हुन् । रक्सी पिएर झगडा गर्ने क्रममा विष्टले साथीलाई गलले घाँटीमा सातपटक प्रहार गरेको र मरेपछि पनि रिस फेर्न लिंग र अन्डकोषसमेत काटेका थिए । उनलाई १० साउनमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बताएअनुसार घटनाविवरण यस्तो छः
काठमाडौँ–१६ म्हैपीस्थित सागर अटो मोबाइल वर्कशपमा कार्यरत अशोक खड्काको १ साउनमा वर्कशपमै रहेको बा ३ च ५४११ नम्बरको निसान गाडीमा शव भेटियो ।
सागर प्रजापतिले सञ्चालन गरेको वर्कसपभित्र रहेको बा ३ च ५४११ नम्बरको निसान गाडीमा खड्कालाई धारिलो हतियारले घाँटीमा प्रहार गरेको र अण्डकोष समेत चिरेको अवस्थामा भेटिएको थियो । खड्का पछिल्लो १८ महिना यता वर्कसपमा कार्यरत थिए । उनका साथी विज्ञान भनिने मकवानपुर, हटिया–३ का उमेशविक्रम विष्ट २५ असारमा मात्र त्यहाँ काम गर्न आएका थिए ।
३१ असारमा बेलुकी वर्कसपनजिकै रहेको भट्टीमा खड्का र विष्ट गए । बिष्टले एक माना रक्सी पिए तर खड्का रक्सी नपिई बाहिर गए । विष्ट वर्कशप फर्किए । विष्ट वर्कसपमा बसिरहेका बेलामा राति ९ः३० बजे खड्का मिनरल वाटरको बोटलमा एकसय रुपैयाँको रक्सी लिएर आएपछि दुवै मिलेर पिए । खड्का फेरि रक्सी किन्न गए, ल्याएपछि दुवैले पिए ।
रक्सी पिउने क्रममा वर्कसपमा बनाउन ल्याएको पिकान्टो मोटरको गेयर आयल हाल्दा खड्काले साहुबाट लिएको पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरे । राति ११ः३७ मा खड्काले सँगै काम गर्ने पुष्प श्रेष्ठलाई फोन गरी उमेशसँग झगडा भएको जानकारी दिए । राति २३ः४५ बजे खड्का र विष्टबीच हात हालाहाल भयो । विष्टले वर्कसपमा रहेको गलले खड्कालाई प्रहार गरे । गलले लागेर निसान गाडीको सिसासमेत फुट्यो । घाइते भएर खड्का गाडीभित्र छिरेपछि विष्टले पुनः गलले खड्काको घाँटीमा रोपेपछि खड्का गाडीमै बेहोस भए ।
खड्कालाई गाडीबाट बाहिर निकाल्दा छट्पटाइ रहेको देखेपछि विष्टले पुनः गलले ६ पटक खड्काको घाँटीमा रोपेपछि मरेको ठानेर गाडीभित्र रहेको कैँचीले खड्काको लिंग र अण्डकोषको छालासमेत काटे । त्यसपछि विष्टले खड्काको लाश छोपेर बाहिर निस्कन लाग्दा वर्कशपमा रहेको कुकुरले हातमा टोकेपछि म्हैपीको बाटो हुँदै बसपार्कसम्म पैदल हिँडेर त्यही रातभर त्यही बसे ।
विष्ट १ साउनमा बिहान ४ः३० मा कालीमाटी चल्ने माईक्रोबस चढेर कलंकी पुगेर थानकोट जाने माइक्रो चढेर सानुकान्छा वजुले काम गर्ने मकालु वर्कसपमा बसे । विष्ट यसअघि गैरीगाउँमा रामहरी आचार्यले सञ्चालन गरेको वर्कसप तोडफोड गरेको आरोपमा पक्राउ परी ५ पुस ०७१ मा सार्वजनिक अपराधमा मुद्दामा सजाय भुक्तान गरी २६ फागुनमा डिल्लीबजार कारागारबाट छुटेका व्यक्रि हुन् । उनी आपराधिक मनोवृत्तिको र विगतमा पनि आपराधिक कार्यमा संलग्न भएको पाइएको छ । बिष्टलाई १० साउनमा पक्राउ गरी लैनचौर प्रहरीमा पठाइएको छ ।
0 comments:
Post a Comment