अदालतका अनुसार ब्रायनले एक १६ वर्षीय तथा दुई १७ वर्षका किशोरसँग सम्बन्ध राखेकी थिइन् । सुनुवाईका दौरान सुरुआतमा उनलाई जमानतमा छाडिएको थियो । तर जमानतमा रिहा भएपछि उनले फेरि एक किशोरसँग सम्बन्ध राखिन् । यसको जानकारी प्राप्त भएपछि प्रहरीले फेरि उनलाई पक्राउ गरेको थियो ।
पिडित युवककी आमाले अदालतमा शिक्षिकाको यस्तो हर्कतले आफ्नो छोरालाई कति नोक्सान पुग्यो भन्ने आँकलन उनलाई नभएको बताइन् । उनले थुप्रै युवकलाई पिडा दिने काम गरेकी थिइन् । ब्रायनले भने पिडित स्कुले बालकहरुले सधैँ उनको पिछा गरेर उल्टै उनलाई जिस्क्याउने गरेको बताएकी थिइन् ।
न्यायाधिसले शिक्षिकाले किशोरहरुको यस्तो चर्तिकलामा ध्यान नदिएर आफ्नो काम गर्नुपर्ने बताए । न्यायाधिसले ब्रायन किशोरहरुको जिस्क्याईलाई लिएर बहकिएको र उनले त्यसक्रममा युवकहरु नाबालिग र आफू वयस्क रहेको तथ्य भुलेको बताएका छन् । यता, दुई किशोरका अभिभावकले स्कुललाई समेत मुद्धा हालेका छन् । उनीहरुले शिक्षिकाको चर्चिकला थाहा हुदाँ हुदैँ पनि विद्यालयले कुनै कारबाही नगरेको भन्दै मुद्धा दायर गरेका हुन् ।
0 comments:
Post a Comment