12:35 AM
Radio Aaha
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले विदेश जान गाउँगाउँबाट काठमाडौं आएका युवालाई समेत म्यानपावर व्यवसायीहरुले आन्दोलनमा सहभागी गराएको आरोप लगाएका छन् । मन्त्री गुरुङले विदेशमा काम गर्न जान लागेका युवाहरुको भविष्यमाथि खेलबाड गर्न नहुने बताए । 'विदेश जान घरबाट विदाइ भएर आएका युवाहरु विदेश जानबाट रोकिएक छन्', मन्त्री गुरुङले भने 'विदेश नपठाई म्यानपावर व्यवसायीहरुले आन्दोलनमा युवा ल्याएका छन् ।' मन्त्री गुरुङले असार २० सम्म ९० हजार भसिाका लागि म्यानपावरहरुले पूर्व स्वीकृती लिइसकेको भन्दै ती कामदार विदेश पठाउन आग्रह गरे । मन्त्रीको भनाई प्रति म्यानपावर व्यवसायीहरुले आपत्ति जनाएका छन् । नपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले विदेश जान लागेका युवा आन्दोलनमा समावेश नगरेको सेतोपाटीलाई बताए । उनले स्वस्फुर्त आन्न्दोलनमा केही युवाहरु आएको भने स्वीकार गरे । फ्रि भिसा र टिकटमा नेपाली कामदार विदेश पठाउने सरकारी निर्णय लागू भएका्र दिन असार २१ गतेदेखि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उपत्यकामा रहेका करिव ७ सय म्यानपावर कम्पनीहरुले दिनहुँ चाहाचलमा भेला भएर माइतीघरमण्डलासम्म जुलुस निकालिरहेका छन् ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment