डाउनलोड गरिएका एप्सहरु सवै इन्टरर्नल मोवाइलमा बस्ने गरेका कारण इन्टर्नल मेमोरी कार्ड भरिने सम्भावना प्रवल हुन्छ। तर अब भने स्मार्टफोनका प्रयोगकर्ताहरुले AppMgrIII डाउनलोड गरेर इन्टर्नल मेमोरीकार्डबाट सहजै एक्सर्टनल मेमोरी कार्डमा एप्सहरु सार्न सक्दछन् ।
धेरै एप्सहरु इन्टर्नल मेमोरी कार्डमा राख्दा मेमोरी कार्ड भरिने भएपछि अन्य एप्स राख्नको लागि पुरानो एप्स डिलिट गर्नुपर्ने हुन्छ। तर यसरी AppMgrIII को सहायताले मेमोरी कार्डमा एप्स सारेपछि ढुक्कसँग नया एप्स डाउनलोड गर्न सकिन्छ ।
गुगल प्लेबाट यो एप्स निशूल्क डाउनलोड गर्न सकिन्छ। साथै यो एप्सले एप्स हाइड गर्ने सुविधा पनि दिने गरेको छ । जसले गर्दा प्रयोगकर्ताले सहजै एप्स लुकाउन सक्दछन्।
0 comments:
Post a Comment