लम्की (कैलाली), असार २८ – कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पहलमानपुरका ३८ वर्षीय नवराज भट्टराईको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ः३० बजे कैलालीको चौमाला–९ झीलमा पूर्वबाट–पश्चिमतर्फ गइरहेको भारतीय युपी ३२ सिडी ४९८८ नम्बरको कारले विपरीत दिशातर्फ गइरहेको भट्टराई सवार से३प ८५०८ मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट भट्टराई र मोटरसाइकलमा सवार रामशिखझाला–का ३१ वर्षीय पुरनबहादुर बुढा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक बलराम विष्टले जानकारी दिएका छन् । ठक्कर दिने कारलाई इलाका प्रहरी कार्यालय चौमलाले नियन्त्रणमा लिएको छ । ठक्करपछि फरार रहेका कार चालकलाई राति जङ्गलबाट नियन्त्रण लिइएको प्रहरी निरीक्षक विष्टले बताए ।
स्थानीय व्यापारीसमेत रहेका भट्टराईको मृत्युको शोकमा पहलमानपुर बजार आज बन्द गरिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment