Monday, July 13, 2015

घर आउन ठीक्क परेका दिपकले मलेसियामै यस कारण झुन्डिएर आत्महत्या गरे


हाँसी खुसी मलेसिया बाट घर  फर्कन थालेका पाल्पाको कोलडाँडाका दिपक मगर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । उनलाई झुन्डिएको अवस्थामा देख्दा उनका साथीहरु पनि हेरेकोहेर्रेइ भएका थिय । आफूलार्इ गम्भीर रोग लागे पनि डाक्टर र साथीहरुले आफुलाई ढाँटेको भन्दै केही दिनदेखि मानसिक चिन्तामा परेका उनले अकस्मात झुन्डिएर आत्महत्या गरेका खुलेको छ  । इपोको मेनसिटीस्थित मेरी ब्राउन रेस्टुरेन्टमा काम गरिरहेका उनि मलेशिया गएको मात्र ३ वर्ष भएको थियो। घर फर्कने भन्दै दिपकले आइतबार बजारमा सामान किनमेल पनि गरिसकेका थिए ।तर  उनि बजार बाट फर्कदा बिरामी परेका थिए त्यसपछि उनलाई उपचारका लागि अस्पतालसमेत लगिएको थियो । एक्सरे र ल्याब परीक्षण गर्दा रोग पत्ता नलागे पनि मगरले आफूमा गम्भीर रोग लागेको बताउँदै आएका थिए ।दिपकको शव नेपाल पठाउने प्रकृया थालिएको छ ।



                                                         तस्विर - अन्नपुर्ण पोस्ट

0 comments:

Post a Comment