Monday, July 13, 2015

८ जना कलाकार एकैपटक भन्दै छन छोरो पाउने कैले


महिलाहरुको महान पर्व तीज आउन झन्डै २ महिना बाँकी रहेतापनी हाम्रा लोक दोहोरी कलाकारहरुलाई भने तीजले समातिसकेकोछ । आगामी भदौ अन्तिम साता अर्थात भदौ ३० गते परेको तीज पर्बका निम्ती बिभिन्न किसिमका गीतहरुको निर्माणमा निकै जुटेकाछन हाम्रा कलाकारहरु । कलाकारहरुलाई तीजको चटारो धुमधामका साथ लागेको छ ।

तीजका गीतहरु रेकर्डसँगै तेस्को म्युजिक भिडियोहरु बन्ने क्रम पनि उतिकै अगाडि बढीरहेकोछ । हरेक बर्षको तीजमा कारीब १ सय जती गीत तयार हुने र तेस्को बजार पनि राम्रै रहने गरेकोछ । तीज आउने क्रम नजिकिदै जादा कलाकारहरु स्टेज कार्यक्रममा पनि निकै ब्यस्त हुने गरेकाछन । तीज कलाकारहरुले कमाइ खाने समय पनि रहेको छ ।

पछील्लो समय लोक दोहोरिमा नयाँ कलाकारहरुको प्रबेस पनि निक्कै भएको देख्न पाउछौ हामी । लगानी गर्नेलेनै आफ्नै शब्द या लयमा सकेसम्म आँफै स्वर दिने काम पनि गरेकाछन । भिडियोमा समेत आँफै देखिने गरेकाछन । एस्ता थुप्रै उदाहरण हामी पछील्लो समय बजारमा आएका लोक दोहोरी गीतमा देख्न सक्छौ ।

पछील्लो समय थुप्रै तीजका गीतहरु रेकर्ड भएका छन जस्मा समाज परिवर्तनका शब्दहरु झल्किएका छन। सबैले आ(आफ्नै तरिकाले तीजका गीतमा सन्देश दिने प्रयास गरेकाछन । पहिले जसरी घरमा हुने बिभिन्न किसिमका घटना, सासुबुहारीको घम्सघम्सी, श्रीमान श्रीमतिको झगडा,चेलीबेटिको बेदना गीतमा प्रस्तुत गरिन्थ्यो अचेल भने तेसो छैन ।

अचेलका गीत जसरी समाज परिवर्तन भएकोछ तेसैगरी परिवर्तित हुँदै गएकोछ । अहिलेका गीतमा बिभिन्न किसिमका सामाजिक जागरणसँगै समाजमा देखिएका बिकृतीलाई के कसरी निर्मुल पार्न सकिन्छ भन्नेतर्फ पनि गीतले ध्यान दिएकोछ । अचेल केही ठट्यौला पाराका तीज गीत पनि बजारमा आउन लागेकाछन । तीज आजभोलि रत्यौलीमा परिणत भएको गुनासाहरु पनि सुन्नमा आएको पाइन्छ ।


अब भने कुरा गरौ सम्भबत अहिले सम्म बजारमा आएका तीज गीत मध्य धेरै कलाकारको सहभागीता रहेको गीतको । अहिलेको तीजमा एसो भएकोछ । तपाई अनुमान लगाउन सक्नुन्छ कि एउटा गीतमा कतिजना सम्म गायक र गायिकाले स्वर दिनसक्छन भनेर । सायद तपाईको अनुमान हुनसक्छ २ र ४ या ६, तर यो होइन अहिलेको एउटै तीज गीतमा हामीले ८ जना कलाकारको आवाज सुन्न सक्छौ ।

उक्त गीत रहेकोछ छोरो पाउने कैले । दुर्गा केसीले सृजना गरेको सो गीतमा लय दिएकाछन पछील्लो समयका सफल गायक टंक तिमिल्सिनाले । उक्त गीतमा स्वर भने रहेको छ गायक तर्फ राजु ढकाल, पुस्कल शर्मा, टंक तिमिल्सिना र कृष्ण बाजुरालिको भने गायिका तर्फ स्वर रहेकोछ देवी घर्ती, टिका पुन, पूर्णकला बि सि र सुस्मिता थापाको ।


मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सुनिल निर्दोशीले रक्षा म्युजिक मार्फत बजारमा ल्याउदैछन । गीत निकै रमाइलो खालको रहेको र सबै दर्शक श्रोताले मन पराउने गायक टंक तिमिल्सिनाले विश्वाश लिएकाछन ।

हाम्रो तर्फबाट पनि छोरो पाउने कैले बोलको गीतलाई सफलताको शुभकामना र जसरी अधिकतम गायक र गायिकाको स्वर रहेकोछ तेसैगरी अधिकतम माया पनि पाओस ।



0 comments:

Post a Comment