Monday, July 13, 2015

होटलमा खाना खाएर सुतेका ५ जना गम्भीर बिरामी


गोरखा, असार २८– गोरखा नगरपालिका– ३ मा एक होटल सञ्चालक उनका दुई आफन्त र २ ग्राहक आइतबार राति सोहि होटलमा खाना खाएपछि गम्भीर बिरामी परेका छन् । खाना खाएर सुतेका होटल सञ्चालक ६३ वर्षीय रनमाया राणा, उनका नातिनीहरु वर्ष १६ की ससिन न्यौपाने र वर्ष १९ की वर्षा थापाको अहिलेसम्म होस खुलेको छैन भने बगुवा ६ का सुरचन श्रेष्ठ, र धादिङ गल्छीका कृष्ण श्रेष्ठ पनि गम्भीर बिरामी परेका छन् ।सुरचन र कृष्णको होस् खुलेपनि अवस्था सामान्य नरहेको र उनीहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
बेहोस् भएका तीनजनाको भने गोरखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपपुर पठाइएको छ । सो होटलमा अन्दाजी ४० वर्षको एक महिलाले काम गर्दै आएकी र उनले नै खानामा विष मिसाएको हुन सक्ने आशंका गरिएको छ । उनी अहिले सम्पर्कबाहिर रहेकाले खोजी कार्यभइरहेको प्रहरीले जनाएको छ । छिमेकीका अनुसार बिहान अवेरसम्म पनि घरमा ढोका नखोलिएको देखेपछि खोजी गर्दा उनीहरु घर भित्र बेहोस भेटिएका थिए । प्रहरी निरीक्षक दिपक श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र चिकित्सकको रिपोर्ट आएपछि सबै कुरा पत्ता लाग्ने बताए ।

0 comments:

Post a Comment