Monday, July 13, 2015

कपडामा लागेको पसिनाको दाग कसरी हटाउने ?


केही मानिसहरुको शरीरमा अत्याधिक पसिना आउने गर्छ । जसले गर्दा पसिनाको दाग उनीहरुको लुगामा लागेर हैरानी खेप्नुपर्छ । विशेष गरेर शर्ट र टिसर्टको काखीमा पसिनाको दाग बसेर धेरैलाई हैरानी पर्ने गरेको छ । यो दाग हटाउनु पनि त्यति सजिलो छैन । धेरैले यसलाई तातो पानीले धोयो भने जान्छ भन्छन् तर यसले दागलाई हटाउनुभन्दा उल्टै दागलाई कडा पार्छ । त्यस्तै सेतो कपडा छ भने क्लोरिनको प्रयोग पनि नगर्नुहोस् यसले पनि दागलाई झन् कडा पार्दछ । दाग हटाउनका लागि एउटा मगको चौथायी पानीमा चार चम्चा बेकिङ सोडा हाल्नुहोस् र त्यसलाई घोलेर पसिनाको दाग बसेको ठाउँमा दाँत माझ्ने पुरानो ब्रस प्रयोग गरेर राम्रोसँग दल्नुहोस् । त्यसपछि त्यसलाई एक घण्टासम्म त्यतिकै छाडिदिनुहोस् । एक घण्टापछि सामान्य तरिकाले लुगा धुनुहोस् । यसरी दाग हटाउन सकिन्छ । त्यसै गरी पानी र भिनेगर वा भोड्कालाई पसिनाको दाग भएको क्षेत्रमा छर्केर लुगा धुँदा पनि दाग हटाउन सकिन्छ । – एजेन्सी

0 comments:

Post a Comment