Sunday, July 12, 2015

लतसा तिम्रो हत्या की आत्म हत्या ? महाराजगञ्ज प्रहरी वृत्त तनावग्रस्त (भिडियो सहित)


काठमाडौं, २६ असार । गएको मंसिर २० गते विवाह बन्धनमा बाँधिएकी २३ वर्षीया लतसा क्षेत्री कार्कीको मृत्यु रहस्यमय बनेको छ । माइती पक्षले उनको हत्या भएको आरोप लगाएका छन् भने घरपरिवारले आत्महत्या भनेको प्रहरीले जानकारी दिएको छ । यही असार २३ गते उनको मृत्यु भएको बताइएको छ । तर, घट्ना भएको चार दिन वित्न लाग्दा समेत उनको हत्या वा आत्म हत्या के हो ? भन्ने स्पष्ट भएको छैन । एकतर्फ लतसाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने अर्काे तर्फ मृतकको हत्यारा पत्ता लगाई तत्काल कारबाही गर्न माग गर्दै माइती पक्षले प्रहरी वृत्त महाराजगञ्जमा धर्ना दिएका छन् ।
                                                          लतसाले फेसबुकमा राखेको तस्विर

 लतसाको बाबु लव क्षेत्री छोरीको मृत्यु बारे यसो भन्छन् : मंसिर २० गते काठमाडौंस्थित ग्रीनल्याण्ड टोखाका नेपाली सेनाका मेजर विष्णु कार्कीसँग धार्मिक पराम्परा अनुसार छोरीको विवाह भएको थियो । तर विवाह भएको केही दिन देखि नै छोरीको चरित्रमाथि शंका गर्न थालियो । छोरी कलेज जाँदा होस् या माइती आउँदा समेत शंका गर्दै घरपरिवारबाट फोन आउने गरेको थियो । घट्ना भएको दिन पनि ४ बजे सम्म फोनमा कुराकानी भएको थियो । ३ बजेर १५ मिनेटमा लतसाले आफ्नी हजुर आमा सीता खत्रीसँग र त्यसपछि आफ्ना साथीसँग फोनमा कुराकानी गरेकी थिइन् । ४ बजेपछि भने फोन रिसिभ भएन । तर, छोरीले आफ्नो हत्या हुन लागेको भन्ने आसयको म्यासेज मोबाइलमा पठाएको र यो म्यासेज अहिले पनि सुरक्षित छ । 
   
लतसाको विवाहको तस्विर 
लतसाको बाबु लव छोरीको म्यासेज र उनको घरपरिवार सम्पर्कमा नआउनु हत्या भएको आशंका गर्ने प्रसस्तै ठाउँ छ । ज्वाईं नेपाली सेनाका मेजर भएकाले शक्तिको आडमा यो केसलाई प्रहरीले अगाडि नबढाएको हामीलाई आशंका छ । घट्ना भएको दिन साँझ ५ बजे छोरीलाई ग्राण्डी अस्पाल लगिएको खबर आयो । छोरी अस्पताल लगिएको खबर दिने को हो अझै पत्ता लागेको छैन । खबर पाए लगत्तै अस्पताल पुगेका हामीलाई छोरी भेट्न दिइएन । यसले पनि छोरीको हत्या भएको शंका बढायो । हैन भने किन छोरीलाई भेट्न दिइएन ? छोरीको हत्या बारे किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी मात्रै दिन भनेको र हामीहरुले पनि त्यही गर्यौं । किटानी जाहेरी दिँदा अनुसन्धानमा असर र अपराधी उम्कन सक्ने प्रहरीले भने पछि जाहेरी मात्रै दिएको हो । तर, आजसम्म ज्वाईं र उनको परिवारलाई नियन्त्रणमा लिएर सोधपुछ समेत प्रहरीले गरेको छैन । जसले घट्ना रहस्यमय बनाएको छ ।
लतसाको बाबु लव

के भन्छ त प्रहरी प्रहरी वृत्त महाराजगञ्जका डिएसपी सानुराम भट्टराईले लतसाको माइती पक्षले दिएको जाहेरीकै आधारमा 
अनुसन्धान भइरहेको जानकारी दिए । लतसाले हामफालेर आत्महत्या गरेको उनको घरपरिवारका व्यक्तिले जानकारी दिएको भट्टराईले बताए । प्रहरीले किटानी जाहेरी वा जाहेरी मात्रै दिन भन्न मिल्छ ? भन्ने मिडिया एनपीको टोलीको जिज्ञासामा उनले भने, ‘यो कुरा मलाई थाहा भएन ।’ सेनाको मेजर भएकाले केस अगाडि नबढाउन दबाब आएको हो की भन्ने लतसाको माइती पक्ष शंका छ नी ? टोलीको अर्काे जिज्ञामा डिएसपी भट्टराईले थपे, ‘जो सुकै अपराधी भएपनि पानीमूनी गए पनि छोडिँदैन । कारबाही गरेरै छाड्छौ अनुसन्धान भइरहेको उनले जानकारी दिए । 










0 comments:

Post a Comment