आइतबार साँझ काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्रबिन्दु भएको ३.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।
वैशाख १२ मा शक्तिशाली भूकम्प गएयता लगातार धक्काहरू महसुस भइरहेको छ। केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ३६४ वटा चार रेक्टर माथिका भूकम्पका धक्का महसुस भइसकेको छ।
यसअघि आजै दिउँसो २ बजेर २८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment