Monday, July 13, 2015

आयरल्याण्डसँग खेल्नु अगावै अंक तालिकामा खस्कियो नेपाल


काठमाडौं, २८ असार । अमेरिकालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नामिबिया अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय १४ रनको झिनो लक्ष्य नामिबियाले ४३ बल अगावै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।जीतपछि तीन खेलको समाप्तिमा नमिबियाको ३ अंक भएको छ । एक खेल कम खेलेको नेपालसँग बराबार अंक भएपनि नेट रनरेटमा पछि पार्दै नामिबिया अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।यस्तै पपुवान्यूगिनी र हङकडबीचको खेल पनि वर्षाले रद्ध भएपछि नेपाल चौंथोमा पुग्यो । समान ३ अंक जोडेको पीएनजी नेट रनरेटमा अघि रहँदै अ‌ंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालले आफ्नो तेस्रो खेल आज आयरल्याण्डसँग खेल्दै छ । यस खेलमा कुनै पनि अंक जोड्न नसकेमा नेपाल चौंथो स्थानमा यथावत रहनेछ । १ अंकले दोस्रो र २ अंकले शीर्ष स्थानमा उक्लिन सक्नेछ ।



समूहको शीर्ष टोलीले विश्वकपमा सिधै स्थान बनाउने छ भने, दोस्रो र तेस्रोले प्लेअफमा दुई मौका पाउनेछन् । ती दुई मध्ये १ खेल जितेमा विश्वकपको ढोका खुल्नेछ । समूहमा चौंथो हुने टिमका लागि भने प्लेअफका दुबै खेल नकआउट हुनेछन् ।


0 comments:

Post a Comment