पहिचान खुल्न नसकेका ती युवाको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको हो । रुकुम घर भएको बताउने ती युवाको सनाखत हुन नसकेको बा“के प्रहरीले जनाएको छ ।
घरबारीटोल स्थित एक इलेक्ट्रोनिक्स पसलमा जथाभावी प्रवेश गरेका उनलाई स्थानीय व्यापारीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको दुई घण्टापछि ती युवकको ज्यान गएको थियो । ‘प्रहरी नियन्त्रणमा पुगेको केही बेरमै उनी बेहोस भएकाले भेरी अञ्चल अस्पताल पुर्याइयो त्यहा“ उपचार सम्भव नदेखिएपछि शिक्षण अस्पतालमा आइसीयुमा राखियो’, बा“के प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बसन्त पन्तले दैनिक नेपालगन्जस“ग भने, ‘के कारणले ज्यान गयो भन्ने कुराको अनुसन्धान गर्दैछौं ।’ चिकित्सकले अत्याधिक मात्रामा कुनै औषधी सेवन गरेको हुनसक्ने अनुमान गरेको प्रहरीको भनाइ छ ।
घरबारीटोलमा जथाभावी घर पसलमा छिर्न लागेका ती युवालाई सवा ३ बजेतिर प्रहरी बिटमा बुझाइएको थियो । बिटका दुई जना प्रहरीलाई मुक्का लगाएर भागेका उनलाई लखट्दै गएको प्रहरीले त्रिवेणीमोडमा रहेको विटको सहयोगमा नियन्त्रणमा लिएर हतकडी लगायो । प्रत्यक्षदर्शीका अनुसार, त्यसपछि ती युवालाई नगर प्रहरी इन्चार्ज, प्रहरी निरीक्षक दिपेन्द्र पालले वडा प्रहरी कार्यालय पुर्याए ।
‘केही मिनेटमै उनी बेहोस भएपछि प्रहरीले अञ्चल अस्पताल पुर्याएको हो’, प्रहरी उपरीक्षक पन्तले कुनै घाउ चोट नदेखिएकाले अत्याधिक औषधी सेवन बाहेक अरु कारण अनुमान गर्न नसकिएको बताए ।
0 comments:
Post a Comment