२०७२ साउन १४ गते ७:५० मा प्रकाशित
१४ असार, नवलपरासी । नवलपरासीको कावासोतीमा बुधबार बिहानको खाना खाँदा खाँदै कोखा दुखेर दुई जनाको दम्पत्तिको बुधबार ज्यान गएको छ ।
खाना खाने क्रममा कोखा दुखेर उपचारका लागि भरतपुर लैजांदै गर्दा नवलपरासीको कावासोती ९ रामनगर निवासी ४१ बर्षीय यमराज महतो र श्रीमती ३० बर्षीया धनिया महतोको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बिहान सागको तरकारी र खाना खाँदा खाँदै कोखा दुख्यो भन्दै एक्कासी छटपटि्टएपछि उपचारका लागि लैजांदै गर्दा उनीहरुको बाटोमा नै मृत्यु भएको हो ।
खानामा कुनै विषादी पदार्थ मिसिएको आशंकामा उनीहरुले खाएको खाना जाँच गर्नका लागि पठाइएको बताइएको छ ।
0 comments:
Post a Comment