Wednesday, July 29, 2015

कास्कीको भदौरे र लुम्लेमा गएको पहिरोमा परी सात जनाको मृत्यु


पोखरा, श्रावण १४ । कास्कीको भदौरे र लुम्लेमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
बुधबार राती गएको पहिरोको कारण भदौरेमा चार र लुम्लेमा तीन गरी सात जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । पहिरोले भदौरे–५ को डुंढे फाँटमा रहेका तीन घर पुरिएका छन् ।
पहिरोले त्यस क्षेत्रमा रहेको अन्य घरमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
भदौरेमा जाने तीन वटा पुलसमेत पहिरोले बगाएका कारण उद्दार टोली घटनास्थलमा पुग्न नसकेको हाम्रा समाचारदाताले जनाएका छन् । यहाँ २५ घर रहेका छन् ।
डुंढे फाँटमा गएको पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्रसमेत डुवानमा परेको छ ।
उता, पोखरा–बाग्लुङ राजमार्गअन्तर्गतको लुम्लेस्थित नयाँ पुलनजिक गएको पहिरोको कारण पोखरा–बाग्लुङ राजमार्ग अबरुद्ध बनेको छ ।
बिहीबार रातीदेखि यो राजमार्ग भएर चल्ने यातायात बीच बाटोमै रोकिएका छन् । पहिरोका कारण यहाँका २२ घरमा क्षति पुर्‍याएको बताइएको छ ।
प्रहरी र सेनाको टोली बिहानैदेखि घटनास्थलमा पुगेर उद्धार र पहिरो पन्छाउने काम गरिरहेको हाम्रा पोखरा संवाददाता प्रदिप पौडेलले जानकारी दिए ।

0 comments:

Post a Comment