Wednesday, July 29, 2015

मुम्बइ आक्रमणका दोषी याकुबलाई मृत्युदण्ड


साउन १४ – भारतको मुम्बइमा सन् १९९३ मा भएको बम आक्रमणका दोषी याकुब मेमनलाई मृत्युदण्ड दिइएको छ । मेमनलाई बिहीबार बिहान नागपुर केन्द्रीय जेलमा मृत्युदण्ड दिइएको हो ।
मेमनले मृत्युदण्डको सजाय रद्द गर्न राष्ट्रपति प्रणव मुखर्जी समक्ष गरेको अपिल अस्विकार गरेपछि मेमनलाई बिहान नागपुर जेलमा फासी दिइएको हो । बुधबार राति भएको विशेष सुनवाइपछि बिहीबार बिहान झण्डै पाँच बजे न्यायाधीश दीपक मिश्र नेतृत्वको तीन सदस्यीय इजलासले मेमनमाथिको फासीको सजाय रद्द गर्ने अपिल अस्विकार गर्दै उनलाई मृत्युदण्ड दिने फैसला कायम राखेको थियो ।
मेमनलाई बम आक्रमण भएको २२ वर्षपछि मृत्युदण्ड दिइएको हो । सन् १९९३ को मार्च १२ मा भएको शृंखलाबद्ध बम आक्रमणमा परी ३ सय ५० भन्दा धेरैको ज्यान गएको छ । शृंखलाबद्ध रुपमा १३ वटा बम आक्रमण भएको थियो । घटनामा परी १२ सय भन्दाबढी घाइते भएका थिए ।
– एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment