काभ्रे, असार २८ - पनौतीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। मदिरा खुवाएर २५ वर्षीया ती युवतीलाई झुक्याएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका ४ का हर्कबहादुर श्रेष्ठ र रामेछाप बाम्ती भण्डारा ३ का आकाश बस्नेतलाई पक्राउ गरेको छ। सडकमा २ बजे हिँडिरहेको अवस्थामा प्रहरीले ती युवतीलाई भेटेपछि सोधपुछ गरेको थियो। घटनाबारे बताएपछि श्रेष्ठ र बस्नेतलाई प्रहरी नायब निरीक्षक टीका सापकोटा नेतृत्वको टोलीले होटलबाटै पक्राउ गरेको थियो। ‘सोधपुछका क्रममा जंगलमा लगेर बलात्कार गरेको बताएपछि उनीहरूलाई सोही स्थानबाट पक्राउ गर्यौं,’ सापकोटाले भने। बनेपाबाट जिरोकिलो लैजाने भनेर उनीहरूले पनौती पुर्याएर जंगलमा लगी बलात्कार गरेको आरोप छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment