Monday, July 13, 2015

मुटुरोगीको खर्च जुटाउदा गंगालाल ह्दयरोग अचम्मित


धनकुटा भेडेटार–५, नाम्जेकी तीनवर्षीया मुटुरोगी स्पिङ्की राईको उपचार निःशुल्क हुने गंगालाल ह्दयरोग केन्द्र काठमाडौंले जनाएको छ। तर, खर्च अभाव भएको भन्दै खर्च जुटाउनको लागि गरिएको सांगीतिक कार्यक्रम बारे ह्दयरोग केन्द्र अचम्ममा परेको छ। सरकारले गंगालालमा १५ वर्ष भन्दा मुनी र ७५ वर्ष माथिका नागरिकलाई कुनै पनि रोग लागेमा निःशुल्क उपचार गर्न सुविधा दिएको छ। त्यो सुविधालाई कम्तीमा पनि नभजाउनका लागि केन्द्रको आग्रह गरेको छ। ‘राज्यले दिइरहेको सुविधालाई एप्रिसियट गर्नुपर्छ।' केन्द्रका प्रशासन प्रमुख दिपेन्द्र खड्काले फोनमार्फत भने ‘कम्तीमा आफ्नो बच्चाको लागि सानो योगदान पनि नदिने? सबै मागेरै काम चलाउने।' सांगीतिक कार्यक्रमबाट संकलित रकम मध्ये खर्च कटाएर उनलाई ८० हजार ८ सय १ रुपैया दिइएको गायक रोशन बान्तावाले बताए। उनका अनुसार बच्चाको सबै कुरा निःशुल्क भए पनि आउने जाने खानेबस्ने समस्या हुने भएकाले सांगीतिक कार्यक्रम गरी रकम संकलन गरिएको हो। कार्यक्रम संयोजक टङ्क मगरलाई बारम्बार फोनसम्पर्क गरे पनि फोन उठाएनन्। यता आमा अनिता राईलेसमेत आउनु जानु खर्च हुने भएकाले सहयोग गरिदिन्छौं भनेपछि आफूले नाई भन्न नसकेको बताइन्। उनले त्यो रकम आफ्नो नानीको उपचारकै लागि खर्चिनेसमेत बताएकी छिन्। उनले केन्द्रमा पाउने औषधि बाहेक सबै किन्नु पर्ने भएकाले पनि खर्च हुने बताइन्। भारतको औषधिसमेत खुवाउनु पर्ने भएकाले रकमको एकदमै खाँचो हुने बताएकी छन्। ‘मेरो पीडा टंकलाई थाहा थियो त्यही भएर सांगीतिक कार्यक्रम गर्नुपर्छ भनेपछि सल्लाहमै गरेका हौं।' उनले भनिन् ‘महंगो औषधि खुवाउनु पर्छ। एउटा औषधिको १ सय रुपैया पर्छ।' कार्यक्रममा उनलाई २० हजार रुपैया नगद दिइएको थियो भने बाँकी चेक दिइएको थियो। त्यो रकम दुरुपयोग हुने सम्भावना कम रहेको गायक वान्तवाले बताए। मुटु रोगीकी आमा अनिताले सल्यक्रियामा ३ लाख रुपैया लाग्ने डाक्टरहरुले जानकारी दिएको बताएकी थिइन्। तर, बास्तवमै सबै निःशुल्क हुने भएकाले सल्यक्रियामा खर्चै नहुने केन्द्रले बताएको छ। ‘यदी सल्यक्रियामा खर्चै हुन्थ्यो भने पनि २ लाख रुपैया भन्दा बढी लाग्दैन थियो।' खड्काले भने ‘र, डाक्टरले तीनलाख रुपैया लाग्छ भनेर भन्दैन भन्दैनन्। किनकी यो सबै सेवा निःशुल्क हो।'

0 comments:

Post a Comment