Sunday, July 12, 2015

‘मापसे’ जरिवानाबाट रु आठ लाख सङ्कलन


सुरुङ्गा (झापा), २७ असार । मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले रु आठ लाख जरिवाना गराएको छ ।

आर्थिक वर्ष सुरु भएयता प्रहरीले आठसय व्यक्तिलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के चेकजाँचका क्रममा आठसय व्यक्ति मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको थियो । प्रतिव्यक्ति रु एक हजार जरिवाना गरिएको प्रहरी निरीक्षक रोशन आचार्यले बताउनुभयो ।

असोज २७ गतेबाट मादक पदार्थ सेवन गर्ने व्यक्तिको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)नै प्वाल पार्ने अभियान सञ्चालन गरेपछि जिल्लामा सात सय तीनजना व्यक्तिको लाइसेन्समा प्वाल पारिएको आचार्यको भनाइ छ । यता ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ६५० वटा सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ७३ लाख ९० हजार राजस्व सङ्कलन भएको बताइएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु ३२ लाख ९० हजारले बढी हो । अघिल्लो आवमा रु एक करोड ४१ लाख राजस्व सङ्कलन भएको थियो ।

0 comments:

Post a Comment