सोल – दक्षिण कोरियाली सरकारले सन् २०१६ का लागि न्यूनतम पारिश्रमिक ८.१ प्रतिशतले बढाउने भएको छ । यसले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका आप्रवासी र तल्लो तहका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् ।
बिहीबार बिहान १ बजे सरकार, मजदुर संगठन, व्यवसायिक प्रतिनिधिबीचको मतदानबाट ज्याला वृद्दि टुंगो लागेको हो । यो अगस्ट ५ मा संसद्बाट पारित हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । सरकारले चालू वर्षका लागि ७.१ प्रतिशत ज्याला बढाएको थियो ।
नयाँ पारिश्रमिकअनुसार प्रतिघन्टा ६०३० (५.३१ अमेरिकी डलर) हुनेछ । सातामा चालिस घन्टा (मासिक २०९ घन्टा) काम गर्नेले यो वर्षको न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन बढेर १३ लाख १० हजार १९७ वन पाउनेछन् । यो १ लाख १७ हजार ६२५ रुपैयाँ हो । आजको कारोबार दैनिकमा खबर छ ।
0 comments:
Post a Comment