Thursday, July 9, 2015

जेट एयरवेजको बिमानमा बम राखेको धम्कीपछि आकस्मिक अवतरण


मुम्बईबाट दुबइका लागि उडेको एक विमानमा बम राखेको धम्कीपछि मस्कटमा आकस्मिक अवतरण गराइएको छ।
 
अधिकारीका अनुसार उक्त विमानमा बम राखेको भनेपछि मस्कटमा आकस्मिक अवतरण गराइएको हो । यसरी आकस्मिक रूपमा विमान अवतरण गराइएको दुई दिनमा यो दोस्रो पटक हो । 
 
सो विमानमा रहेका सबै ५४ जना यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । सो जेट विमानका एकजना प्रवक्ताले मस्कट विमानस्थलको एक सुरक्षित स्थानमा अवतरण गराई बमको खोजी गरिएको थियो । 
 
सो जेट एयरवेजका प्रवक्ता मनिस कलगत्गीले भनेका छन्– दुबईका लागि मुम्बईबाट विमान उडेपछि नै त्यसमा बम राखिएको धम्की आयो र सो गम्भीर प्रकृतिको धम्की थियो । 
 
सो विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाली यमनका सुरक्षा अधिकारीहरूले बम राखिएको बारेमा व्यापक मात्रामा खोजी गरेका थिए । 
 
जेट एयरवेज भारतको सबैभन्दा ठूलो हवाई उड्डयन कम्पनी हो । 
 
गत मङ्गलबार पनि बैंककबाट स्तानबुलका लागि उडेको टर्किस एयरको एक विमानमा यस्तै बमको धम्की आएपछि भारतीय राजधानी नयाँ दिल्लीमा रहेको विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । रासस÷एएफपी 

0 comments:

Post a Comment