काठमाडौं, असार २८
फ्रि भिसा र टिकटमा नेपाली कामदार विदेश पठाउने सरकारी निर्णयको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले सोमबारदेखि आन्दोलन चर्काएका छन्।
सरकारले असार २१ गतेदेखि फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने निर्णय गरेसँगै व्यवसायीहरुले काम ठप्प पारेर आन्दोलनमा थिए।
व्यवसायीहरु ‘श्रमराज्य मन्त्री राजिनाम दे,’ ‘उच्चस्तरीय आयोग गठन गर’, ‘व्यवसायीहरुमाथि हुने अव्यवाहारिक आकक्रमण अन्त्य गर’ जस्ता नाराहरू लगाई सडक आन्दोलनमा उत्रिएका हुन्।
त्यस्तै म्यानपावमा हुने अव्यवहारिक अनुगमन अन्त्य गर, फ्रि भिसा, फ्रि टिकटको पूर्वाधार पूरा गर, कामदार माग गर्ने मुलुकसँग श्रम सम्झौता गर, भिएलएन र वायोमेट्रिक मेडिकल खारेज गर भन्ने नारा लगाउँदै श्रमकार्यालय ताहाचल अगाडि धर्ना दिएका छन्।
‘फ्रि भिसा र टिकट खारेज लगायतका माग राख्दै आजबाट थप आन्दोलन चर्काउने र श्रम मन्त्रीले यसको सुनवाई नगरे भोलिदेखि सिंहदरबार घेर्छौ,’ केएसए म्यानपावरका सञ्चालक खडुक सिंह आलेले बताए।
‘मन्त्रीले व्यवसायी र कामदार माग गर्ने कम्पनीसँग कुनै छलफल नगरी एकलौटी यस्तो निर्णय गर्दा समस्या आएको र व्यवसायीलाई पनि कम्तिमा ६ महिनासम्म समय दिनुपर्छ,’ आलेले भने।
‘व्यवसायीहरूले करोडौं लगानी गरेकाछन्, मन्त्रीले सिमित व्यक्तिको स्वार्थ र एकलौटीरूपमा निर्णय लागू गर्दै श्रम राज्यमन्त्रीले व्यवसायीहरुको व्यवसायनै धरापमा पारिदिएका छन्,’ खुम्बु प्रालिका विष्णु गिरीले भने।
मन्त्रीले व्यवसायीहरुको पनि पिर मर्का बुझेर छलफलको संवादबाट यो समस्यालाई समाधान गर्नु पर्ने गिरीले बताए।
वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन लागि नेपाल मेडिकल व्यवसायी संघले पनि समर्थन गरेको छ। ‘श्रम राज्य मन्त्रीको निर्णय सरासर गलत छ, संघका तर्फबाट आन्दोलनमा आएका जीवन बलकोटीले भने, ‘वायोमेट्रिक प्रणालीको प्याकेजको रूपमा शून्य लागत तथा कम लागतको निर्णय व्यवसायीसँग कुनै पनि छलफल संवाद नगरी व्यवसायीलाई दुःख दिने हिसाबले योजना लागू गर्न खोजियो।’
यो निर्णयमा वायोमेट्रिक प्रणालीका माफियाहरूको समेत सहयोग रहेको दाबी गर्दै बलकोटीले यो पवित्र व्यवसायीहरको आन्दोलनमा यी माफियाहरुलाईसमेत तह लगाउन आवश्य रहेको बताए।
वायोमेट्रिक र भिएलएन प्रणालीको खारेज, फ्रि भिसा फ्रि टिकटको निर्णय स्थगित, द्धिपक्षिय श्रम सम्झौता एमओयू गर्नुपर्ने, समस्या समाधानको लागि उच्चस्तरिय आयोयको गठन गर्नुपर्ने, वैदेशिक रोजगार ऐन २०६४ कामदार र व्यवसायी प्रतिकुल रहेकाले तत्काल संसोधन र परिमार्जन गरिनुपर्ने भन्दै आन्दोलन जारी रहेको व्यवसायीको तर्क छ
0 comments:
Post a Comment