साउन १३
सहरकारी संस्थाबाट सात लाख रुपैंया चोरी फरार भएका तिलक भनिने राजु तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
उनी सामाखुशीको जनमिलन सहकारी संस्थाबाट सात लाख १७० रुपैंया चोरी बैशाख १३ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ। उनले रकम सँगै ४३ तोला सुन समेत चोरेको अभियोग छ। तामाङ सहितको समूहले चोरीको रकम र सुन सोही रात टोखाको जंगलमा लगि बाँटफाँट गरेको प्रहरीले दाबी गरेको छ।
नुवाकोटको भाल्चे-९ घर भएका सामाखुशीमा नै पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसरमा लगिएको छ।
चोरीमा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment