Friday, July 10, 2015

आमा–बाबाले छोरी संग देह व्यापार गरेको आरोप


रेडियो आहा,असार  ।

भारतको केरला पुलीसले १३ बर्षीय किशोरीसंग दुई बर्ष सम्म देह व्यापार गरेको आरोपमा उनकी आमा र सौतेला बाबा लाई गिरफ्तार गरेको छ ।

किशोरीकी आमा ले एक स्थानीय टेलीभिजनलाई एउटा ग्राहक बाट तीन हजार रिपोर्ट लिने तथा छोरीलाई कमसेकम महिनामा एक पटक कुनै न कुनै ग्राहककोमा पठाउने गरेको बताएकी छन् ।

ति महिला (आमा) को पहिलो पति बाट एक छोरा र एक छोरी पनि छन् । प्रहरीले किशोरीको १८ बर्षको भाईको भाईको विरुद्धमा पनि उसकी ११ बर्षकी कान्छी बहिनीलाई यौन शोषण गरेको आरोपमा मुद्धा दर्ता गरेको छ ।

किशोरीकी ३७ बर्षीय आमाका सबै गरेर सात छोराछोरी छन् । सबै भन्दा ठुलो सन्तान २४ बर्ष र सबैभन्दा सानो सन्तान ४ बर्षका छन् ।

यो परिवार केरलाको मुस्लिम समुदायको बाहुल्यता रहेको मल्लपुरम जिल्लामा कोठा भाडामा लिएर बसेका छन् ।

भाई माथी मुद्धा

प्रहरीले महिलाले बताएका ४० मध्ये २५ ग्राहकको पहिचान भएको बताएको छ ।  ५५ बर्षका एक दलाल र अरु ९ जनालाई नियन्त्रणमा लिईएको छ । यो घटनाको पर्दाफास त्यतीबेला भयो जतीबेला बालबालीकाका लागी काम गर्ने संस्था चाईल्डलाईन को काउन्सिलर सोमबार किशोरीको स्कुलमै पुगेका थिए ।

बालीकाले ति काउन्सीलर संग आमाबाबुले आफुलाई आफुभन्दा चारगुणा बढी उमेर भएका मान्छेसंग पठाउछीन भन्ने कुरा खुलेर भनीन् ।

त्यसपछि ति बालीकालाई सरकारी आश्रयमा राखियो । जबरजस्ती करणीको पुष्टी गर्न उनको मेडीकल जाँच पनि गरीएको थियो ।

चाईल्ड लाईनका स्वयंमसेवकले ति किशोरीकी सानी बहिनीलाई पनी प्रहरीको मद्धतमा सरकारी आश्रममा पु¥याएका थिए ।

0 comments:

Post a Comment