Saturday, July 11, 2015

प्रचण्ड, सुशील र केपीलाई राष्ट्रपतिले दिए यस्तो कडा चेतावनी


२६ असार । राष्ट्रपति डा. रामवरण यादवले संविधानको प्रारम्भिक मस्यौदाको स्वागत गर्दै पर्याप्त समय लिएर छलफल गर्न आग्रह गरेका छन् ।आजको समाचारपत्र दैनिकले  खबर लेखेको छ । प्रमुख चार राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार भएको सामूहिक भेटघाटका क्रममा राष्ट्रपतिले कसैले पनि छलफलका लागि समय पाइनँ भन्ने अवस्था आउन नहुने बताए ।
उनले आफूले कार्यकाल लम्ब्याउन लागेको भन्ने कुरामा आशंका नगर्न पनि आग्रह गरे । ‘मैले राष्ट्रपति पद बढाउन चलखेल गरे भन्ने सुनेको छु । तपाई संविधान बनाउनुस्, म अहिले नै पद छोड्न तयार छु ।’ राष्ट्रपति यादवले कडा रुपमा प्रस्तुत हुँदै दलका नेतालाई भनेका थिए ।
पद बढाउने चलखेलमा लाग्यो भनेर झुटा आरोप नलगाउन समेत चेतावनी दिए । केही दिन अगाडि प्रचण्डले राष्ट्रपति पद लम्ब्याउन खेल खेलिरहेको भनी भनेका थिए ।
राष्ट्रपति यादवले शुक्रबार बिहान प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटवार्तामा उक्त कुरा बताएका हुन् ।

0 comments:

Post a Comment