Thursday, July 9, 2015

एसिड अाक्रमण विरुद्ध केकीले भनिन, 'ओइलिएर झर्न दिन्न' (भिडियो)


विरोधका विभिन्न शैली हुने गरेका छन्। कुनै पनि नकारात्मक चिजको विरोध मान्छेपिच्छे फरक हुन्छ। केही महिना अगाडि दुई विधार्थी संगिता मगर र सिमा वस्नेतमाथि बिहानै झिसमिसेमा एसिड प्रहार गरियो। उनीहरूले नचाहिँदो पीडा र दु:ख सहनुपर्‍यो। पीडमा रहेरमात्र अघि बढ्न सकिन्न। पीडालाई चिर्दै अगाडी बढ्नुपर्छ।
त्यसै घटनाको विरोध गर्दै सोही घटनाप्रति समर्पित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको 'ओइलिएर झर्न दिन्न' बोलको गीतले यूट्यूवमा पनि राम्रो साथ पाइरहेको छ। अर्जान पाण्डेले गाएको गीतको भिडियोलाई करिब चालिस हजार पटक हेरिसकिएको छ।



भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन्। डिपी खनालको शब्द, किरण कंडेलको कम्पोज र अल्मोदा उप्रेतीको एरेञ्जिङ रहेको उक्त भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा केकीका अलावा  निरजन थापा र मानवी खड्काले पनि अभिनय गरेका छन् ।
धिरज जंग शाहको सिनेम्याटोग्राफरी रहेको म्युजिक भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने भिडियोका निर्देशक निकेश खड्का हुन्।

0 comments:

Post a Comment