दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई यो वर्ष ग्यालेक्सी एस ६ को व्यापारको कारण नोक्सान बेहोर्नु परेको छ। बिबिसिमा उल्लेख भएअनुसार सामसुङको कमाईमा अप्रिलदेखि जुनसम्ममा ८ प्रतिशतले कमी आएको छ। गत वर्षपनि कम्पनीले एस ५ को व्यापार राम्रो हुन नसक्दा घाटा बेहोर्नु परेको थियो । मोबाइल डिभिजनमा मात्र कूल ३८ प्रतिशतको नोक्सान भएको पनि बताइएको छ। कम्पनीलाई मोबाइल बजारमा यो नोक्सान ग्यालेक्सी सिरिजका दुई फ्ल्यागसिप स्मार्टफोनहरु सार्वजनिक गरेपछि पनि भएको हो । सामसुङको यो नोक्सानीको कारण एप्पलका आइफोनहरु र चीनमा बनेका सस्ता प्रतिस्पर्धी मोबाइलहरु भएको क्लाइन्ट डिभाइस रिसर्च, आइडीसीका भाइस– प्रसिडेन्ट ब्रायन माले बताएका छन् । सामसुङले सुरुवात राम्रो गरेपनि विस्तारै नोक्सान बेहोर्दै आएको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: technology
0 comments:
Post a Comment