Monday, July 13, 2015

सेनाको बम डिस्पोजल टोली थवाङ पुग्यो


वम विष्फोट पछि भत्किएको घरको उत्खनन गर्न नेपाली सेनाको बम डिस्पोजल टोली ३ दिन पछि हेलिकप्टर मार्फत सोमबार थवाङ झरेको छ।  शनिवार २६ गते विहान ७ः३० मा बम विष्फोट हुँदा स्थानीय श्रीप्रसाद घर्तिको २ तले घर पूर्ण रुपमा ध्वस्त भएको थियो। नेपाली सेनाको रोल्पास्थित देविदत्त गणबाट कर्णेल विनोद चन्दको नेतृत्वमा एक टोली, थवाङ चौकीको प्रहरी र ईलाका प्रहरी कार्यालय घर्तिगाउको ईनिस्पेक्टर सहितको टोली थवाङमा पहिले नै पुगेर आफ्नो गतिविधि गरिरहेको छ। घर भत्किएको स्थानमा अन्य विष्फोटक पदार्थ हुन सक्ने भन्दै प्रसासनले नेपाली सेनालाई गुहारेको थियो। आज मात्रै अनुसन्धानका लागि भन्दै अञ्चल प्रहरी कार्यालयका एसएसपि रमेश कुमार पाण्डे र जिल्ला प्रहरी कार्यालय डिएसपि रमेश थापा पनि थवाङ हिडेका छन्। बम कहाँवाट आयो, कसरी पड्कीयो? घटना हो या दुर्घटना? सबै सबै अन्यौल छ। घर धनि श्रीप्रशाद घर्ति अझै पनि भत्कीएको भग्नावशेषमा भएको प्रहरीले आशंका गरेको छ।

0 comments:

Post a Comment