Friday, July 10, 2015

गगन थापाले आफ्नो चुनाव क्षेत्रमा के-के गरे विकास ?


२४ असार, काठमाडौं । कांग्रेसका युवा नेता गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनको निर्वाचन क्षेत्रमा चालु आर्थिक वर्षको १ करोड १५ लाख रुपैयाँ कहाँ कहाँ खर्च भयो होला ?
संसद सचिवालय स्रोतबाट प्राप्त विवरण अनुसार थापाको निर्वाचन क्षेत्रमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ अन्तरगतको एक करोड रुपैयाँ विभिन्न १० वटा आयोजनामा खर्च गरिएको छ ।
बाटो, पुल, पोखरी मर्मत, पार्क निर्माण र क्रिकेट मैदान सम्याउने कार्यमा १ करोड रुपैयाँ विनियोजन भएको देखिन्छ । काठमाडौंका अन्य सभासदले जस्तै थापाले मन्दिर निर्माणका लागि पनि मन फुकाएर बजेट दिएका छन् ।


थापाको चुनाव क्षेत्रमा भएको १ करोडको बाँडफाँड यस्तो छ :
जंगलादेवी ढल बाटो निर्माण१० लाख
चुनिखेल सापाटार सडक निर्माण१२ लाख
रुद्रमति चोक नर्सरी खहरे सडक निर्माण१० लाख
पञ्चकन्या वालमैत्री पुल निर्माण१० लाख
बाँकोट कुमारी मन्दिर संरक्षण तथा पार्क निर्माण७ लाख
नित्यनाथ मन्दिर निर्माण-तिलगंगा)११ लाख
नारायणमार्ग सडक ग्राभेल तथा कालोपत्रे१० लाख
८.हिटी पोखरी मर्मत सम्भार१० लाख
वौद्धस्तुपा उत्तर गणेस्थान जाने बाटो ढुंगा छपाइ१० लाख
१०सूवर्णसमशेर क्रिकेट मैदान सम्याउने कार्य१० लाख

 त्यसैगरी सभासद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सांसद विकास कोषअन्तरगतको १५ लाख रुपैयाँ विभिन्न १८ वटा कार्यक्रममा खर्च गरेका छन् ।
ज्योतिनगर भीमेश्वर पक्की सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ । त्यस्तै मैजुबहाल खानेपानी योजना सुधारमा ८५ हजार विनियोजन गरिएको छ । ऊँ शान्ति मार्ग सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ भने तैलुङ चौकीडाँडा सडक निर्माण हृयुमपाइप खरिदका लागि १ लाख छुट्याइएको छ ।
भंगाल बाटो निर्माणका लागि १ लाख र नरकोटी मसानघाट निर्माणका लागि सभासद थापाले डेढ लाख छुट्याएका छन् । त्यस्तै सेतोकान कराँते कभर्ड हल निर्माणमा १ लाख, विन्ध्यवासिनी मन्दिरको भवन प्लाष्टरमा १ लाख र सिद्धेश्वर क्षेत्र खानेपानी उपभोक्ता समितिका लागि १ लाख सभासद थापाले छुट्याएका छन् । घटपाटी निर्माण, ब्लक छाप्ने कार्य र सांस्कृतिक बाजा खरिदमा डेढ डेढ लाख छुट्याइएको छ ।
गगन थापाले अनलाइन कोर्ष सम्बन्धी पूर्वाधार व्यवस्थापन शीर्षकमा दुईलाख रुपैयाँ छुट्याएका छन् । त्यस्तै महिला नेतृत्व विकास तालिममा १ लाख २ हजार ५ सय छुट्याइएको छ भने सामाजिक न्यायको लागि समाज नामक संस्थालाई सीपमूलक तालिमका लागि ७५ हजार दिइएको छ ।
सभासद थापाले आमा समूहलाई सीपमूलक तालिमका लागि ७५ हजार र नारी चेतना सशक्तीकरण समूहलाई दुव्र्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रमका लागि ७५ हजार दिएका छन् ।

0 comments:

Post a Comment