Friday, July 10, 2015

नेपाली कप्तान पारस खड्काको यस्तो चाहाना


नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले विश्वकप छनोटको आफ्नो पहिलो खेल अघि आइसीसीसँग कुरा गर्दै  विपदको पीडामा परेको नेपाललाई ट्वान्टी-२० विश्वकपमा छनोट भएर खुशी दिन चाहेको बताएका छन्' नेपालमा धेरैले क्रिकेट मन पराउँछन्', पारसले भने, 'यतिबेला नेपाल ठूलो पीडामा परेको  छ। हामी विश्कपमा छनोट भयौंभने यसले पक्कै पनि सकारात्मक सञ्चार गराउने छ। यसले नेपालीलाई खुशी दिने छ। हामी यही चाहन्छौं।'
मौसमका कारण अभ्यास खेलमा गतिलो  प्रदर्शन गर्न नसके पनि आफ्नो टिम  प्रतियोगिता खेल्न पूर्ण रुपमा तयार रहेको पारसले बताए छन् । आयरल्याण्डमा  पानी परिरहने र चिसो मौसमले अभ्यास खेलमा राम्रो गर्न नसकेको स्वीकार गर्दै उनले प्रतियोगिता अन्तर्गतका खेलमा सकेसम्म राम्रो गर्ने दाबी गरे।
'हामीले प्रतियोगिताका लागि धेरै मेहेनत गरेका छौं त्यसैले पनि राम्रो गर्न सक्छौं।' पारसले बताय ।
हिजो अमेरिका विरुद्ध खेलेको पहिलो खेलमा नेपालले सानदार विजयी हासिल गरेको छ । त्यसैगरी आज नेपाल दोश्रो खेल नामिविया विरुद्ध खेल्दै छ ।

0 comments:

Post a Comment