Monday, July 13, 2015

यस्तो पो रहेछ प्रचण्ड भारत जानुपर्ने मुख्य कारण


मंगलबार भारत भ्रमणमा जाने एमाओवादी अध्यक्ष प्रचण्ड राजनीतिक भेटघाटमा दिल्ली र भूकम्पपछि पुनर्निर्माणको अवलोकन गर्न गुजरातसम्म पुग्दै छन्।अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्नेछन् । प्रचण्डका आफ्नै शब्दमा पाँच एजेन्डा त्रिदेशीय साझेदारी ०६४ को निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा मैले नेपालको तर्फबाट पहिलोपटक त्रिदेशीय साझेदारीमार्फत विकासको एजेन्डा उठाएको थिएँ, अस्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीमार्फत विकास अघि बढाउने औपचारिक समझदारी पनि भएको छ । भारत र चीनको समझदारीलाई स्वागत गर्दै यसलाई कार्यान्वयन गराउन पहल गर्नु मेरो भारत भ्रमणको प्रमुख एजेन्डा हुनेछ । नेपाल–भारत सम्बन्ध नेपाल र भारतबीच ऐतिहासिक सद्भाव र मित्रतालाई अझ मजबुत बनाउन विद्यमान केही असमझदारी सम्बोधन गर्नु जरुरी छ । अहिले लिपुलेकको प्रसंग आएको छ, यस्ता विषयलाई तत्काल सल्टाउनु दुवै देशको हितमा छ । म यस विषयमा त्यहाँका नेताहरूसँग कुरा गर्नेछु । संविधान निर्माण संविधान बनाउने प्रक्रियामा नेपालको संविधानसभा धेरै अगाडि बढिसकेको छ, नेपालका राजनीतिक दलहरूले बृहत् राष्ट्रिय सहमतिसहित जनताको संविधान लेख्ने प्रक्रियालाई अन्तिम–अन्तिममा पुर्‍याइसकेका छन् । यो महान् र ऐतिहासिक प्रक्रियामा एउटा असल छिमेकीका रूपमा भारतको पनि सद्भाव र समर्थन आवश्यक छ । संविधान निर्माणपछि नेपाल द्रूत विकासमा अघि बढ्नेछ । विकासका एजेन्डामा पनि हामी कुरा गर्नेछौँ । भूकम्पपछि गुजरात नेपालमा विनाशकारी भूकम्पले करिब नौ हजारको ज्यान लगेको छ, आठ लाख घर क्षतिग्रस्त भएका छन् । अब यो देशलाई पुनर्निर्माण गर्नु हाम्रो प्रमुख चुनौती हो । पुनर्निर्माणको कुरा गर्दा गुजरातको उदाहरण पटकपटक आउने गर्छ । त्यतिवेला मुख्यमन्त्रीका रूपमा गुजरातको नेतृत्व गर्ने नरेन्द्र मोदी अहिले भारतको प्रधानमन्त्री हुनुहुन्छ । उहाँको अनुभव हाम्रा लागि महत्त्वपूर्ण हुनसक्छ । त्यस्तै, गुजरातको स्थलगत अवलोकन गर्ने र नेपालका लागि सान्दर्भिक भए केही सिक्ने मेरो योजना छ । दलीय सम्बन्ध एकीकृत नेकपा माओवादी र छिमेकी भारतका दलहरूबीचको राजनीतिक सम्बन्ध पनि महत्त्वपूर्ण छ । सरकारमा भएका र नभएका दलका नेताहरूसँग भेटेर दलीय तथा राष्ट्रिय हितका विषयमा कुराकानी हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment