Friday, July 10, 2015

मृत्युदण्डको मुखमा नेपालीहरु


साउदीअरब – उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो ।
‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् ।
हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् । केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन । ‘जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’

0 comments:

Post a Comment