Monday, July 13, 2015

यी हुन् विश्वका १० 'मोस्ट वान्टेड साइवर ह्याकर'


हालै मात्र अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबिआई) ले मोस्ट वान्टेड अपराधीको सूची तयार पारेको छ।

यो मोस्ट वान्टेडको सूचीमा आतंकवादी, हत्यारा, बलात्कारी नभई ह्याकरहरु परेका छन्। यी साइबर अपराधीले इन्टरनेट मार्फत विश्भर आतंक फैलाएका छन्।  यी अपराधीले आतंक मात्रै फैलाएका छैनन् माउसको एक क्लीकबाट अर्बाै रुपैयाँको घोटाला पनि गर्न सक्छन्। साथै इन्टरनेट प्रयोगकर्ताको गोप्य सूचना र तथ्यांक समेत एक क्लीकमा तान्न सक्छन्।

१ निकोल पोपेस्कु
फेक अनलाइन लिलामी गरेर अर्बाै रुपैयाँ कमाउन सकिन्छ भनेर उनीअघि सायद कसैले सोचेका पनि थिएनन्। उनले फेक अनलाइन लिलामीबाट अर्बाे रुपैयाँ ठगेका छन् । उनलाई अमेरिकी सुरक्षाले अहिले सम्म पक्रन सकेको छैन । यी ह्याकरको बारेमा कुनै पनि नयाँ जानकारी दिनेलाई अमेरिकी प्रहरीले एक मिलियन अमेरिकी डलरको इनाम घोषणा गरेको छ ।

२ इभगेनी बोगाचेभ
एफबिआईको सूचीमा सबैभन्दा माथि यी ह्याकरको नाम रहेको छ।  यीनलाई मानिसहरुले  ‘लकी वान टु थ्री फो फाइभ स्लयाभिकको नामबाट चिन्ने गर्दछन्। यी ह्याकरलाई १ सय मिलियन डलर चोरीको आरोप लागेको छ। साथै यी अपराधीलाई अवैध तरिकाले कयौं बैंकबाट पैसा ट्रान्सफर गरेको समेत आरोप लागेको छ।

३ एलेक्से बेलान
 २७ वर्षका  यी ह्याकर रसियन हुन। उनीमाथि २०१२ र २०१३ मा क्यालिफोर्निया र नेवेदाको तीन वटा इ कसर्म वेबसाइट ह्याक गरेको आरोप लागेको छ। साथै ह्याक पश्चात फेक आइडेन्टिटी बनाएर डाटा चोरी गरेकमो आरोप समेत लागेको छ।

४ पिटेरिस साहरुभ्स
सन् २०१० मा इन्टरनेसनल साइबर क्राइमको आरोपमा उनको नाम मोस्ट वान्टेड ह्याकरमा समावेश भएको हो। यी ह्याकरलाई विश्वभर स्योगड र पियोट्रेक्सको नामले चिनिने गरिन्छ। यिनले इन्टरनेटका प्रयोगकर्ताबाट अर्बाै रुपैयाँ उठाएका छन्। फेक प्रोफाइल बनाएर विभिन्न विज्ञापन कम्पनीको सेल्सम्यान बताउँदै ठूलो रकम ठगी गर्र्ने गरेका छन् ।

५ कार्लाेस इनरीक
अल सल्वाडोरका कार्लाेस इनरीकमाथि सन् २००३ मा वेबसाइट चोरी गर्ने र फ्रड वेबसाइट निर्माण गर्ने गरेको आरोप लागेको छ। लभर स्पाई नामक सफ्टवेयरको मद्दतले उनले कयौं डाटा चोरेका थिए। उनले बनाएको वेबसाइटले धोका दिने लभर्सलाई पक्रने दावा गरिन्थ्यो। यो वेबसाइट मार्फत उनले कयौं मानिसलाई मुर्ख बनाउँदै पैसा असुलेका थिए ।

६ फरहान उल आर्सद
यी पाकिस्तानका ह्याकर हुन्। साथै इन्टरनेसनल फ्रडको मास्टर माइन्ड पनि हुन् । पाकिस्तान, फिलिपिन्स, साउदी अरब, स्पेन, अरब र इटलीका कयौं मानिसहरु उनको ह्याकको निशाना बनेका छन्। उनलाई टेलिकम्युनिकेसन कम्पनीबाट इन्टरनेट मार्फत ५० मिलियन डलरको ठगी गरेको आरोप लागेको छ। साथै उनले सन् २००८ देखि २०१२ सम्म टेलिकम इन्डस्ट्रिमा व्यवसायी बनेर समेत काम गरेका थिए ।

७ नुर आजी उद्दिन
नुर आजी उद्दिन पनि पाकिस्तानका साइबर अपराधी हुन्। यिनले फरहान उल आर्शदसँग मिलेर कयौं साइबर अपराध गरेका छन्। यिनले पनि टेलिकम इन्डस्ट्रीमा व्यवसायी बनेर काम गरेका थिए।

८  एन्ड्री ट्यामी
एन्ड्री ट्यामी रसियन ह्याकर हुन्। यिनीमाथि सन् २००७ देखि २०११ को बीचमा घोस्ट क्लीक अपरेसनमा सामिल भएको आरोप लागेको छ। यो अपरेशनमा ४० लाख इन्टरनेट प्रयोगकर्ताको डाटा चोरेको आरोप उनीमाथि छ। उनका कारण अमेरिकी स्पेस एजेन्सी  नासा समेत हैरानीमा परेको थियो। अनलाइन चोरीका साथै उनले १४ मिलियन डलर समेत चोरेको आरोप लागेको छ।

९ शैलेश कुमार जैन
शैलेश कुमार भारतमा बस्छन् । उनी भारतीय मुलका नागरिक हुन्। शैलेशले सफ्टवेयरको उत्पादन गर्दथे जसलाई १० लाख मानिसहले खरिद समेत गरेका छन्। यिनले विभिन्न म्यासेज पठाउँदै प्रयोगकर्ताको डाटा ह्याक गरेका थिए ।

१० भाइट क्युक निगेन
यी साइबर अपराधी भियतनामका हुन्। यिनीमाथि कयौ मेल सर्भिस प्रोभाइडर्सको सर्भरबाट प्रयोगकर्ताको डाटा चोरेको आरोप लागेको छ । प्रोपर्टी मार्केटका साथै कयौ मानिसहरुको गोप्य जानकारी चोरेको उनीमाथि आरोप छ ।

0 comments:

Post a Comment