ललितपुर साउन १३ ललितपुरको नख्खु चोकमा गत शुक्रबार दुर्घटनामा परेका मोटरसाइकल चालकको अज मृत्यु भएको छ । मोटरसाइकल चालक रौतहटका १८ वर्षीय आकाश थिङको मृत्यु भएको ललितपुरका डिएसपी किसनसिंह थापाले जानकारी दिए ।
कोटेश्वरबाट सिरहाका लागि छुटेको ना ५ ख ३७४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५१ प ५८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल थिङको दाहिने खुट्टा घुँडाभन्दा मुनी छुट्टिएको थियो ।
पछाडि बसेका अदमान थिङको पनि खुट्टामा चोट लागेका छ। उनको बिएण्डबी अस्पताल उपचार भइरहेको छ ।
0 comments:
Post a Comment